कार्यवाहक प्रधानमन्त्रीले शिक्षा विधेयकबारे सरोकारवालासँग छलफल गर्दै
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले विद्यालय शिक्षा विधेयकमा सरोकारवालासँग छलफल गर्ने भएका छन् । त्यसका लागि आज दिउँसो ४ बजे विधेयकसँग सरोकार राख्नेहरूलाई बोलाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको भ्रमणमा रहेका बेला कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका सिंहले छलफल गर्न लागेका हुन् । विद्यालय शिक्षा विधेयक तत्काल जारी गर्नुपर्ने माग राख्दै शिक्षक तथा कर्मचारीहरू हिजोदेखि सडक आन्दोलनमा छन् ।
उनीहरूले ऐन जारी नहुँदासम्म काठमाडौँका सडक नछाड्ने बताउँदै आएका छन् । त्यही बेला शिक्षा मन्त्रालयले समेत छलफलका लागि आउन आग्रह गरेको छ । भने कार्यवाहक प्रधानमन्त्री सिंहले समेत सरोकार राख्ने सरोकारवालाहरूसँग छलफल गर्न लागेका हुन् ।
छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, संसद्को शिक्षा समिति सभापति लगायतको उपस्थिति रहनेछ । शिक्षकहरूले भने आफूलाई कुनै प्रकारको वार्ता नचाहिएको बताउँदै आएका छन् । विद्यालय शिक्षा ऐन चाहिएको भन्दै उनीहरूले कसैसँग पनि वार्ता नगर्ने बताएका हुन् ।
नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफूहरूलाई वार्ताभन्दा ऐन चाहिएको बताए । वार्ताको कुनै औचित्य नभएको बताउँदै जति सक्दो चाडो ऐन दियो त्यति चाँडो आन्दोलन सकिने बताए ।
विगतमा सरकारले वार्ता गरेर नै सम्झौता गरेको बताउँदै ती सम्झौता कार्यान्वयन गर्नका लागि आफूहरूले ऐन मागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण