आईपीएल : स्वस्थ भएर टोलीमा फर्किए लखनउका तीव्र गतिका बलर आकाश दीप
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करणमा लखनउ सुपर जायन्ट्सले गतिलो प्रदर्शन गर्न सकिरहेको छैन । हालसम्म तीन खेल खेलेको लखनउले एक जित र दुई हारको निराशाजनक नतिजा निकालेको छ ।
आईपीएलको यो संस्करणमा ऋषभ पन्तको कप्तानीमा रहेको लखनउको सबैभन्दा कमजोर पक्ष भनेको बलिङ देखिएको छ । कमजोर बलिङकै कारण लखनउले अपेक्षित नतिजा निकाल्न सकिरहेको छैन ।
यसैबिच, लखनउका समर्थकको लागि एउटा खुसीको खबर आएको छ । तीव्र गतिका बलर आकाश दीप टोलीमा फर्किएका छन् । घाइते भएका कारण उनले यसअघिको खेल खेल्ने अवसर पाएका थिएनन् । अहिले आएर एनसीएले उनलाई आईपीएल खेल्न अनुमति दिएको छ ।
आकाश दीपको आगमनपछि लखनउको बलिङ पक्ष पनि बलियो बन्ने अनुमान गरिएको छ । आकाश दीपले सन् २०२२ मा आईपीएलमा ‘डेब्यू’ गरेका थिए । तर, उनले हालसम्म आईपीएलमा आठ खेलमात्र खेल्न पाएका छन् । आठ खेलमा उनले सात विकेट लिएका छन् ।
सन् २०२५ को आईपीएलको मेगा अक्सनअघि उनलाई रोयल च्यालेन्जर्स बेंगलुरुले टोलीबाट रिलिज गरेको थियो । त्यसपछि मेगा अक्सनमा उनलाई लखनउले खरिद गरेको थियो । लखनउले आफ्नो चौथो खेल शुक्रबार मुम्बई इन्डियन्ससँग खेल्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण