दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि आवश्यक व्यवस्थापन गर्न सरकारलाई निर्देशन
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले तोकिएको समयमा नै दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि आवश्यक व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले आगामी जेठ ३ देखि १० गतेसम्म कर्णालीको सुर्खेतमा हुने राष्ट्रिय खेलकुद राष्ट्रिय गौरवको विषय भएकाले तोकिएको समयमा नै सम्पन्न गर्न भौतिक पूर्वाधारका साथै अन्य व्यवस्थापनको कार्यलाई तीव्रताका साथ अघि बढाउन खेलकुद मन्त्रालयलाई निर्देशन दिएको हो ।
बैठकले राष्ट्रिय खेलकुद आयोजनाको तयारी तथा व्यवस्थापनको कार्यलाई आबद्ध सम्पूर्ण तह, निकाय र पदाधिकारीबिच प्रभावकारी समन्वय र सहकार्य गरी अघि बढाउन समेत निर्देशन दिएको छ भने चैत्र २२ देखि २४ गतेसम्म राष्ट्रिय खेलकुदको तयारीसम्बन्धमा आयोजनास्थलको स्थलगत अवलोकन गर्ने निर्णय गरिएको समिति सभापति अम्बर बहादुर थापाले जानकारी दिए ।
बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतियोगिता गराउन सबै तयारी अवस्थामा रहेको र पूर्वाधार निर्माणको कार्य तीव्र रूपमा अघि बढिरहेको जानकारी गराए । चैत्र १७ गतेमात्रै बजेटको सुनिश्चितता भएकाले समयमा नै प्रतियोगिता हुने उनले बताए ।
समिति सदस्यहरूले सरकारले तयारी नगरेका कारण यसअघि पटक पटक राष्ट्रिय खेलकुद स्थगित गरिएको भन्दै अव भने तोकिएको समयमा नै प्रतियोगिता सम्पन्न गर्न ध्यानाकर्षण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण