अहिलेको प्रदूषणले विपद् निम्त्याउन सक्छ, यसरी बचौँ (भिडियोसहित)
केही दिनयता आँखा पोल्ने, टाउको दुख्ने, घाँटी दुख्ने, खोकी लाग्ने समस्या प्रायः सबैलाई भइरहेको छ । स्वास्थ्य विज्ञहरूका अनुसार वायू प्रदुषण बढ्दा हामीलाई यस्ता समस्याहरू देखिएको हो । यतिमात्रै होइन, अहिलेको हावामा क्यान्सर र बाँझोपनसमेत गराउने सक्ने रसायनहरू छन् । यो अवस्थामा वायु प्रदूषणबाट बँच्न के गर्ने ? यसै विषयमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीसँग गरिएको कुराकानी :
अहिलेको हावा किन हानिकारक छ ?
हावामा हानिकारक रसायनहरू छन् । सिसाका कण, हेभी मेटल कण, डाइअक्सिन, नाइट्रसका कणहरू लगायत विषाक्त रसायनहरू छन् । ती रसायन हाम्रो छालामा पर्यो, स्वासनलीमा गयो भने त्यसले घाउ बनाउँछ र संक्रमण गराउँछ । क्यान्सर गराउने, बाझोपनको समस्यासमेत हुन्छ । अहिलेको हावामा यस्ता हानिकारक कणहरू छन् । त्यसैले जोगिनुपर्छ ।
वायु प्रदूषणको असरबाट बच्न के गर्ने ?
अहिलेको हावा हानिकारक छ । तत्काल पर्ने असरलाई कम गर्न सकेसम्म घरबाहिर ननिस्कने, आँखालाई जोगाउन चस्मा लगाउने, छिटो समयका लागि मात्रै बाहिर निस्कने गरौँ । मर्निङ वाक नजाऔँ । पानी बढी खाने, पौष्टिक आहार खाने, मौसमी फलफूल खाने । किनभने यस्ले रोगप्रतिरोधात्क क्षमता बढाउँछ । जोखिम समुहहरू ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला, दीर्घरोगीहरू सकेसम्म बाहिर ननिस्कँदा राम्रो हुन्छ ।
हावाको गुणस्तर सुधार गर्न के गर्न सकिन्छ ?
एक्यूआई लेबल अर्थात् हावाको गुणस्तर तीन सयभन्दा बढी भयो भने त्यो विपद् हो । तीन सय नपुगे पनि मानव स्वास्थ्यका लागि हानिकारक हावा बगिरहेको छ । अहिले हावाको एक्यूआई लेबल दुई सयमाथि पुगेको छ भने दुई सय ३० सम्म पनि पुगेको छ ।
यो अवस्थामा जथाभावी फोहोर जलाउने भएन । धुलोधुवाँ उड्ने काम नगर्ने । वायु प्रदूषण हुने कलकारखाना बन्द गर्ने, विद्यालयहरू पनि बन्द गर्ने । सवारी साधन जोरबिजोर गर्ने हो कि भन्ने तर्फ लाग्नुपर्छ । एक्यूआई तीन सयभन्दा बढी पुगेको अवस्थामा विपद् निम्तन्छ । विपद् ज्यादै खतरनाक हुन्छ ।
भिडियो-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण