आईपीएल क्रिकेटमा हैदरावादको लागातार तेस्रो हार, कोलकातालाई ठूलो राहत
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा सनराइजर्स हैदरावाद लगातार तेस्रो हार व्यहोर्दै पुछारमा झरेको छ । बिहीबार राती इडेन गार्डेन कोलकातामा भएको खेलमा कोलकता नाइट राइडर्सले हैदरावादलाई ८० रनले हरायो । कोलकाताको भने यो दोस्रो जित हो ।
जितसँगै कोलकताले चार खेलबाट चार अंक बटुलेको छ । र, अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । हैदरावादको भने समान खेलबाट जम्मा दुई अंक छ, जुन पुछारमा छ । हैदरावादले आफ्नो पहिलो खेलमा भने जित हासिल गरेको थियो ।
टस हारेर पहिले व्याटिङ गरेको कोलकाताले हैदरावादसामु २०१ रनको चुनौति पेश गरेको थियो । जहाँ हैदरावाद १६ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १२० रनमा समेटियो ।
हैदरावादका लागि हेनरिक क्यालसनले सर्वाधिक ३३ रन बनाए । २१ बल खर्चिएका उनले समान दुई चौका र छक्का प्रहार गरे । कामिन्दु मेन्डिसले २० बलमा एक चौका र दुई छक्काको मद्दतले २७ रन बनाए ।
नीतिशकुमार रेड्डीले १९ र कप्तान पट कुमिन्सले १४ रन जोड्दा अन्यको जोडबल चल्न सकेन । कोलकाताका वैभव अरोरा र वरुण चक्रवर्तीले समान तीन–तीन विकेट लिए ।
यसअघि, निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०० रन बनाएको कोलकाताका लागि वेंकटेश अय्यरले सर्वाधिक ६० रन बनाए । उनले ७ चौका र ३ छक्का प्रहार गर्दै उच्च स्कोर गरेका हुन् । यस्तै, अंगकृत रघुवंशीले अर्धशतक पूरा गरे । उनले ५ चौका र २ छक्काको मद्दतले ५० रन बनाएका हुन् ।
यस्तै, कप्तान अजिन्क्या रहाणेले ३८ र रिन्कु सिंहले अविजित ३२ रनको योगदान दिए । ओपनर क्विन्टन डे कक् भने १ रनमै आउट भएका थिए । हैदरावादका मोहम्मद सामी, पट कुमिन्स, जीशन अन्सारी, हर्षल पटेल र कमिन्दु मेन्डिसले एक-एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण