स्ववियु निर्वाचन : कैलाली बहुमुखी क्याम्पसमा उम्मेदवारको अन्तिम सूची सार्वजनिक
धनगढी । सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कैलाली बहुमुखी क्याम्पसमा यही चैत्र २७ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भएको छ। निर्वाचन कार्यतालिका अनुसार बिहीबार स्ववियु निर्वाचन कार्यसमितिले उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गरेको हो।
क्याम्पसमा ११ ओटा संगठन तथा समूहबाट विभिन्न पदमा उम्मेदवारी दर्ता भएको छ। अध्यक्ष पदका लागि नेपाल विद्यार्थी संघबाट सन्तोष पन्त, अनेरास्ववियुबाट यमराज जोशी, नेकपा समाजवादी निकट अनेरास्ववियू र अखिल (समाजवादी)को संयुक्त प्यानलबाट सुनिलराज जोशी, अखिल क्रान्तिकारीबाट पवन सुनार, स्वतन्त्र विद्यार्थी एकता समूहबाट अम्बिका चौधरी र स्वतन्त्र उम्मेदवार तेज बहादुर मल्लले उम्मेदवारी दिएका छन्।
सचिव पदका लागि नेपाल विद्यार्थी संघबाट ओम प्रकाश बस्ती, अनेरास्ववियुबाट किरण प्रकाश उपाध्याय, संयुक्त प्यानलबाट खगेन्द्र प्रसाद अवस्थी, अखिल क्रान्तिकारीबाट लोकेन्द्र चौधरी, स्वतन्त्र विद्यार्थी एकता समूहबाट रोहित रावत, प्राज्ञिक विद्यार्थी परिषद् नेपालबाट लवदेव धामी, र स्वतन्त्र उम्मेदवार किशोर प्रसाद जोशी र दीपक बोहराले उम्मेदवारी दिएका छन्।
कोषाध्यक्ष पदमा नेविसंघबाट प्रमिला शाह, अनेरास्ववियुबाट प्रकाश भट्ट, संयुक्त प्यानलबाट अंगिता चौधरी, अखिल क्रान्तिकारीबाट धर्मराज तिमिल्सिना, र स्वतन्त्र विद्यार्थी एकता समूहबाट खेमराज भट्टराईले उम्मेदवारी दिएका छन्।
प्रत्यक्षतर्फ सदस्य पदका लागि पनि विभिन्न संगठनबाट उम्मेदवारी दर्ता भएका छन्। मुख्य पदमा विगतका उम्मेदवारहरू पुनः दोहोरिएका कारण निर्वाचन रोचक हुने विद्यार्थीहरूको अनुमान छ। निर्वाचनको मिति नजिकिँदै जाँदा विद्यार्थी र नेताहरूबिच चहलपहल बढेको छ। सफल चुनावको लागि स्ववियु निर्वाचन समितिले सबै पक्षलाई सहयोग गर्न आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण