गभर्नरको पाँचवर्षे कार्यकाल सकेर राष्ट्र बैंकबाट बिदा भए अधिकारी
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी राष्ट्र बैंकबाट बिदा भएका छन् । २०७६ चैत २४ गते राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका अधिकारी आजबाट औपचारिक रूपमा बिदा भएका हुन् । कार्यकक्षबाट बिदा भएसँगै अधिकारी राष्ट्र बैंककै प्राङ्गणमा पत्रकार सम्मेलन गरेका छन् ।
उनले आफ्नो पाँच वर्षे कार्यकालमा विभिन्न उतारचढाव आएको तथा राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेपको प्रयास भएको समेत बताए ।
उनले आफ्नो कार्यकालमा केन्द्रीय बैंकलाई विश्वव्यापी मान्यता तथा मर्मअनुरूप सञ्चालन गरेको भन्दै यसको स्वायत्ततालाई जोगाउन सहयोग गरेको भन्दै सर्वोच्च अदालत, न्यायाधीश, अधिवक्ताप्रति धन्यवाद समेत दिए ।
उनले आफ्नो कार्यकालभरमा सहयोग गर्ने राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर, वर्तमान डेपुटी गभर्नर, अवकाशप्राप्त गरेका कार्यकारी निर्देशक तथा कर्मचारी, वर्तमान कार्यकारी निर्देशक तथा कर्मचारी र सञ्चार जगतलाई धन्यवाद दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण