पेन्गुइन र सिलमात्रै बस्ने टापुमा समेत ट्रम्पले लगाए अतिरिक्त महसुल
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बुधबार अतिरिक्त भन्सार महसुल लगाएका देश र क्षेत्रहरूको सूची सार्वजनिक गरेका थिए । यो सूचीमा सुदुर अन्टार्टिकमा रहेको दुई साना टापुपनि छन् ।
अष्ट्रेलियाबाट दक्षिण पश्चिममा ४ हजार किमि पर रहेको हर्ड र म्याक्डोनल्ड्ज टापु मुख्यतः पेन्गुइन र सिलको बासस्थान हो । यहाँ पुग्न पर्थबाट डुंगामा सात दिनको यात्रा गरेर मात्रै पुगिन्छ । झन्डै एक दशकमा यहाँ एक जना मान्छे गएका छैनन् ।
यी दुई टापुमा त्रुटीबस ट्रम्प ट्यारिफ लागेको हुनसक्ने अष्ट्रेलियाका व्यापार मन्त्री डन फार्रेलले अष्ट्रेलियन बोर्डकाष्टिङ कर्पोरेशन (एबीसी)लाई भनेका छन् । ‘विचरा बुढा पेन्गुइनहरू, उनीहरूले ट्रम्पलाई के गरे मलाई थाहा छैन । तर, आफैंसँग इमान्दार भएर भन्नुपर्दा मलाई यो सब हतारमा महसुल लगाउने निर्णय गरिएको रहेछ भन्ने संकेत हुन जस्तो लाग्छ,’ फर्रेलले भने ।
बुधबार ट्रम्पले अमेरिकी उत्पादनमाथि अतिरिक्त भन्सार महसुल लगाउने देशमाथि प्रतिकारात्मक अतिरिक्त भन्सार महसुलको घोषणा गरेका थिए । यसक्रममा ट्रम्पले अष्ट्रेलियाको स्वामित्वमा रहेका नर्वेजियन द्वीपसमूह स्वाल्बार्ड, फकल्याण्ड टापुहरू र ब्रिटिश हिन्द महासागर क्षेत्रसमेत औंलामा गन्न सकिने केही भुभाग र क्षेत्रमाथि पनि महसुल थोपरेका थिए ।
‘यी सबले त पृथ्विमा कुनै पनि ठाउँ यसबाट सुरक्षित रहेनछ भन्ने देखाएको छ,’–अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेजले बिहीबार भनेका थिए । हर्ड र म्याक्डोनल्ड्ज टापुमाथि १० प्रतिशतको अतिरिक्त महसुल लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
-
रामेश्वरले घटाएको विष्णुको बजेट स्वर्णिमले किन बढाए ?
-
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, मन्त्रीहरूले लिए शपथ
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण