सरकारले बोलाएको वार्तामा शिक्षकहरु गएनन्, सरकारद्वारा फेरि आह्वान
काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शनरत शिक्षकहरु सरकारले बोलाएको वार्तामा सहभागी नभएपछि सरकारले वार्ताका लागि पुनः आह्वान गरेको छ ।
शुक्रवार सरकारकोतर्फबाट कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको वार्तामा शिक्षक महासंघका प्रतिनिधिहरु सहभागी नभएका हुन् । कार्यवाहक प्रधानमन्त्रीको कार्यकक्षमा करिव डेढ घण्टासम्म पर्खिंदा पनि शिक्षकका प्रतिनिधिहरु नगएपछि सरकारले पुनः वार्ताका लागि आह्वान गर्ने निर्णय गरेर बैठक टुंग्याएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बताइन् ।
उनले शिक्षकहरु विद्यालय शिक्षा विधेयक छिटो ल्याउनका लागि सरकारलाई ध्यानाकर्षण गर्न सडकमा रहेको र सरकारले पनि आवश्यक गम्भीरताकासाथ वार्ता गर्न बोलाउँदा शिक्षक प्रतिनिधिहरु नआएको बताइन् । उनले सरकार शिक्षा ऐन ल्याउनका लागि लचिलो रहेको भन्दै वार्तामा सहभागी हुन आह्वान गरिन् । सरकारले शिक्षकका मागहरुलाई दृढताका साथ सम्बोधन गरेर अघि बढ्ने प्रतिबद्धतासमेत जनाइन् ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले केही दिनदेखि आन्दोलन गर्दै आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण