रवि पक्राउ परेपछि भद्रकालीमा समर्थकको भिड, ठाउँ खाली गर्न प्रहरीको माइकिङ
शुक्रबार, २२ चैत २०८१, २३ : १५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेपछि भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँ कार्यकर्ता र समर्थकको भिड जम्मा भएको छ । प्रहरीले माइकिङ गरेर ठाउँ खाली गरिदिन आग्रह गरे पनि समर्थकहरू त्यहाँ जम्मा हुन पाउनु आफ्नो अधिकार भएको बताउँदै हट्न मानिरहेका छैनन् ।
शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेसँगै रवि पक्राउ परेका थिए । उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ ।
लामिछानेलाई शनिबार हवाई मार्गमार्फत भैरहवा पठाउने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण