काठमाडौँ । नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मतदान सुरू भएको छ । बिहान ८ बजेपछि सुरू भएको निर्वाचन प्रक्रियामा अध्यक्षमा बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठबिच प्रतिस्पर्धा हुँदैछ ।
_pf3W9RbzsH.jpg)
कार्यसमिति निर्वाचनमा वरिष्ठ अविधक्ताद्वय प्राडा मिश्र र श्रेष्ठ फरक–फरक प्यालन नै बनाएर चुनावमा प्रतिस्पर्धा गर्दै छन् । बारमा अध्यक्षका लागि समूहगत दुई र स्वतन्त्र तीन जनागरी पाँचजनाको उम्मेदवारी परेको छ । अन्य अध्यक्षमा अधिवक्ता राजु कैती, अधिवक्ता उज्वल घिमिरे र अधिवक्ता आषिश पौडेलको रहेका छन् ।
_IUL2bNYNfT.jpg)
वरिष्ठ अधिवक्ता प्राडा मिश्रको समूहमा महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला रहेका छन् भने वरिष्ठ अविधक्ता श्रेष्ठको समूहमा अधिवक्ता यज्ञमणि न्यौपानेको उम्मेदवारी परेको छ ।
_2dJESw7JHl.jpg)
प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार मतदात नौ हजार ९५७ रहेका छन् । बारको २५ नयाँ कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको छ । मतदान केन्द्र काठमाडौँ र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्र रहेको छ । काठमाडौँ मतदान केन्द्र सर्वोच्च अदालतको परिसरमा रहेको छ । यो केन्द्रमा करिब ६ हजार मतदाता रहेका छन् । मतदान ४ बजे सम्पन्न हुनेछ ।
_pB3mcPIFlL.jpg)
_qjX9Xpmute.jpg)
_an64q754Sk.jpg)
_OWPegJeO33.jpg)
_hpMTBjRAal.jpg)
_kzlVwc30Wn.jpg)
_9TXF2yXFSX.jpg)
_kCwkiA4fJN.jpg)
_g5ZHz24V0r.jpg)
_w3uY7F6ABu.jpg)
_wgv65KeXBA.jpg)
_1pIMHbICpU.jpg)
_FrvjM61EfR.jpg)
_YDmYzZ8ftU.jpg)
_iPUwzf0gyS.jpg)
_EHvJDxS16f.jpg)
_oXNHn5gPRI.jpg)
_a04D1Q60YZ.jpg)
_2MYKKcjvCx.jpg)
_I4DkZPmcBa.jpg)
_pdD6I5gTQI.jpg)
प्रतिक्रिया