प्रेम यात्रा
प्रेमको यात्रा
जुनसुकै बेला टुङ्गिन सक्छ
होस नपुर्याएमा
होस गुमाएमा
प्रेम-यात्रामा
सँगसँगै हिँड्दाहिँड्दै
आउनसक्छन् थरिथरिका
हाउभाउ देखाउने अप्सराहरू
यात्राका हरेक
गल्लीगल्लीका मोडमोडमा
ढुक्नसक्छन् सुन्दर आकर्षक
पछि पछि लाग्ने राजकुमारहरू
फकाउन खोज्छन्
भड्काउन खोज्छन्
छुटाउन खोज्छन्
प्रेम-यात्रा भरिनै
प्रेमको जोडिलाई
प्रेमको मिलनलाई
मनै त हो
मन बाँध्न नसक्नेहरू
आफैलाई बिर्सी फुक्का हुन्छन्
रमाइलो मानी छाडा हुन्छन्
मृगतृष्णामा झुक्किन्छन्
बाटो बिराइ भट्किन्छन्
अनि अन्तिम मोड आउँछ
त्यहाँनेर सँगै हिँडिरहेको
सिधा सरल खुसीको
बाटो टुङ्गिन्छ
बढ्दैन त्यो यात्रा
बाटो दुईतिर फाट्छ
ऊ हिँड्छ पूर्वतिर
उनी हिँड्छिन् पश्चिमतिर
आ-आफ्नो मनमा कुरा खेलाउँदै
आ-आफ्नो आँसुले दुःख खसाल्दै
साथै बिताएका मीठा पल सम्झेर
छातीको पीडा छोप्न झुटो मुस्काउँदै
प्रेमको यात्रा
जुनसुकै बेला टुङ्गिन सक्छ
एक चोटिको जुनीमा
कहिल्यै न जुटने गरी
होस नपुर्याएमा
होस गुमाएमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण