प्रेम यात्रा

प्रेमको यात्रा
जुनसुकै बेला टुङ्गिन सक्छ
होस नपुर्याएमा
होस गुमाएमा
प्रेम-यात्रामा
सँगसँगै हिँड्दाहिँड्दै
आउनसक्छन् थरिथरिका
हाउभाउ देखाउने अप्सराहरू
यात्राका हरेक
गल्लीगल्लीका मोडमोडमा
ढुक्नसक्छन् सुन्दर आकर्षक
पछि पछि लाग्ने राजकुमारहरू
फकाउन खोज्छन्
भड्काउन खोज्छन्
छुटाउन खोज्छन्
प्रेम-यात्रा भरिनै
प्रेमको जोडिलाई
प्रेमको मिलनलाई
मनै त हो
मन बाँध्न नसक्नेहरू
आफैलाई बिर्सी फुक्का हुन्छन्
रमाइलो मानी छाडा हुन्छन्
मृगतृष्णामा झुक्किन्छन्
बाटो बिराइ भट्किन्छन्
अनि अन्तिम मोड आउँछ
त्यहाँनेर सँगै हिँडिरहेको
सिधा सरल खुसीको
बाटो टुङ्गिन्छ
बढ्दैन त्यो यात्रा
बाटो दुईतिर फाट्छ
ऊ हिँड्छ पूर्वतिर
उनी हिँड्छिन् पश्चिमतिर
आ-आफ्नो मनमा कुरा खेलाउँदै
आ-आफ्नो आँसुले दुःख खसाल्दै
साथै बिताएका मीठा पल सम्झेर
छातीको पीडा छोप्न झुटो मुस्काउँदै
प्रेमको यात्रा
जुनसुकै बेला टुङ्गिन सक्छ
एक चोटिको जुनीमा
कहिल्यै न जुटने गरी
होस नपुर्याएमा
होस गुमाएमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्लब विश्वकपमा एट्लेटिकोमाथि पीएसजीको गोलवर्षा
-
क्लब विश्वकपमा बायर्न म्युनिखको शक्तिशाली सुरुवात, विपक्षीको पोस्टमा १० गोल
-
दूधमा आत्मनिर्भर उन्मुख बन्दै मधेस प्रदेश
-
घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेह परीक्षण
-
स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची