‘भारतले कहाँ काँडेतार लगाएको छ र ?’
शनिबार, २३ चैत २०८१, १३ : ४५
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाहिर हल्ला भएको जस्तो भारत र नेपालबिचको उच्चस्तरीय भ्रमण अवरुद्ध नभएको स्पष्ट पारेका छन् । शनिबार थाइल्याण्ड भ्रमण सकेर त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले भने, ‘भारत भ्रमण असम्भव कुरा थिएन । कतिपय कारणले हुन नपाएको मात्र हो । बाहिर हल्ला गरेजस्तो अवरुद्ध भयो भन्ने होइन । भारतले काँडेतार लगाएको छ र ?’
‘सगरमाथा संवादअघि दुई देशबिचको भ्रमण हुन्छ ?’ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘वास्तवमा हामी नै अलिकति व्यस्त छौँ । सगरमाथा संवादलगायत कार्यक्रमहरू छन् । हाम्रै तर्फबाट भ्याऔँ र भारतसँग कुराकानी गर्यो भने हुनसक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण