कामपाको सामुदायिक विद्यालयमा ५० हजार घण्टा क्षमता भएको स्मार्ट बोर्ड
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका कक्षाकोठामा ५० हजार घण्टा क्षमता भएको स्मार्ट बोर्ड जडान सुरु गरेको छ । महानगरले रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड जडान गरी उक्त कार्यको थालनी गरेको योजना कामपा सहरी आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए ।
शिक्षण क्रियाकलाप र सिकाइमा लगानी बढाएर नतिजा सुधार गर्न कार्यक्रमअन्तर्गत कामपाको शिक्षा विभागले ३१३ वटा बोर्ड जडान गरेको झाले भने । ‘प्रमाणमा आधारित विद्यालयको पूर्वाधार विकास, प्रविधि र उपकरण, मानव पुँजी विकासअन्तर्गत शिक्षक तालिम, सुशासन, व्यवस्थापन तथा दिगोपना’का लागि कामपाले लगानी बढाएको छ’, सदस्य झाले भने, ‘विद्यालयमा स्मार्ट बोर्ड उपयोग गर्ने स्थान, शिक्षकको तत्परता र क्षमताका आधारमा बोर्ड जडान गर्दै जानेछौँ ।’
उनका अनुसार बोर्ड प्रयोगका लागि शिक्षकहरुलाई तालिम पनि दिइएको छ । कामपाको गौरव योजनाअन्तर्गत ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रमअन्तर्गत सूचना प्रविधिमैत्री विद्यालय, डिजिटल शिक्षण सिकाइ कार्यक्रमका लागि चालु र क्रमागत गरेर करिब रु २० करोड विनियोजित रहेको निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीले जानकारी दिए ।
कक्षाकोठामा जडान भएका बोर्डहरुको डिस्प्ले क्षमता ५० हजार घण्टा रहेको छ । सामान्य ठक्करबाट स्क्रिन चिर्किने वा फुट्ने हुँदैन । महानगरले हरेक शुक्रबार पुस्तकरहित कार्यक्रमलाई थप प्रभावकारी बनाउन शिक्षक तालिम, क्रियाकलापसम्बन्धी पाठ्यक्रम तर्जुमा, सिकाइ सामग्रीमा लगानी समेत गरेको छ ।
शिक्षण सिकाइलाई परियोजनामा आधारित, समूहगत कार्यमा आधारित, सहपाठीसँगको सिकाइ र पुनरावलोकन कक्षामा जोड दिएको छ । यस्ता क्रियाकलापले विद्यार्थीहरुमा नयाँ दृष्टिकोणबाट सिक्ने वातावरण प्रदान सिर्जना हुने सहरी योजना आयोगका सहायकविज्ञ सस्मित पोखरेलले बताए । पुस्तकरहित शुक्रबारमा २५ वटा विषय राखिएका छन् । यी हरेक विषयलाई एउटा उपसमूह मान्ने गरीएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण