स्पेनिस ला लिगामा रियाल मड्रिड हार्यो, उपाधि यात्रामा बार्सिलोनालाई राहत
काठमाडौं । स्पेनिस ला लिगामा उपाधिका लागि गर्विलो प्रदर्शन गर्नु पर्नेमा रियाल मड्रिड फेरि हारेको छ । शनिबार राती रियाल आफ्नै घरेलु मैदानमा भ्यालेन्सियासँग हारेको हो ।
१३ औं मिनेटमा पेनाल्टीमा चुकेपछि रियालको दुर्भाग्य सुरु भएको हो । १५ औं मिनेटमा भ्यालेन्सियाले गोल गरेर अग्रता लियो । ५० औं मिनेटमा रियालका भिनिसियस जुनियरले गोल गर्दै नजिता १-१ को बराबरीमा ल्याए । तर, अतिरिक्त समयमा म्यालेन्सियका ह्युगो डुरोले निर्णायक गोल गरेर टोलीलाई जिताए ।
यो हारले रियाललाई उपाधि यात्रामा घाटा लागेको छ । रियालको बार्सिलोनासँग अंक दुरी कम गर्ने योजनामा समेत धक्का लागेको छ । ३० औं चरणको खेल खेल्दा रियालको ६३ अंक छ भने बार्सिलोनाले अंकदुरी बढाउँदै लगेको छ ।
ला लिगा अन्तर्गत शनिबार राती डेपोर्टिभो अलाभेसले गिरोनालाई १–० ले हराउँदा सेल्टा भिगोले मलोर्कालाई २–१ ले पाखा लगायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण