शिक्षकहरूले आज सिट्ठी फुकेर प्रदर्शन गर्दै
आइतबार, २४ चैत २०८१, ०७ : ४९
काठमाडौँ । नेपाल शिक्षक महासंघको आयोजनामा देशभरका शिक्षक कर्मचारी काठमाडौँका सडकमा छन् । यथाशीघ्र शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै चैत २० गतेदेखि आन्दोलनमा उत्रिएका हुन्।
आन्दोलनको आज पाँचौँँ दिन सिट्ठी फुकेर प्रदर्शन गर्ने कार्यक्रम रहेको छ। आज बिहान ११ बजे सबैले एउटा एउटा सिट्ठीसहित माइतीघर मण्डला आउने कार्यक्रम रहेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशाेर सुवेदीले बताए । पेसागत सुरक्षा र उन्नयन तथा विद्यालय शिक्षाको विकासको लागि थालिएको महाअभियान संलग्न हुन सबै शिक्षक कर्मचारीमा अनुरोध गरे।
शिक्षकहरूले वार्ताको औचित्य नै नभएको बताउँदै आएका छन्। सरकारले वार्ताका लागि पटक पटक आह्वान गरेको छ । तर, शिक्षकहरू वार्ता भन्दा ऐन चाहिएको भन्दै वार्तामा नजाने अडान लिँदै आएका हुन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण