दिल्लीविरुद्धको खेलमार्फत आईपीएलमा फर्कँदैछन् जसप्रित बुमराह
काठमाडौँ । पाँचपटकको च्याम्पियन मुम्बई इन्डियन्सले जारी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) मा भने गतिलो प्रदर्शन गर्न सकिरहेको छैन । हालसम्म चार खेल खेलेको मुम्बईले तीन खेलमा हार भोगिसकेको छ । मुम्बईले हालसम्म एक खेलमात्र जितेको छ ।
प्रभावशाली बलर जसप्रित बुमराहको अनुपस्थितिमा मुम्बईको बलिङ पक्ष पनि प्रभावशाली देखिएको छैन । बुमराह लामो समयदेखि घाइते छन् । उनी यसअघि नै स्वस्थ्य भएर खेलमा फर्कने बताइएको थियो । तर, उनी अझै टोलीसँग जोडिएका छैनन् ।
मुम्बई इन्डियन्सले सोमबार रोयल च्यालेन्जर्स बेंगलुरुसँग आफ्नो पाँचौँ खेल खेल्दैछ । सोही खेलमार्फत बुमराह मैदानमा ओर्लने बताइएको थियो । तर, उक्त खेलमा बुमराह सहभागी नहुने बताइएको छ । भारतीय सञ्चार माध्यमका अनुसार, बुमराह मंगलबारभित्र मुम्बईको क्याम्पसँग जोडिने छन् ।
त्यसपछि बुमराहले आफू पूर्णरुपमा स्वस्थ्य रहेको प्रमाणित गर्न दुईवटा अभ्यास खेल खेल्नु पर्नेछ । अभ्यास खेलपछि मात्र उनले आईपीएलको खेलमा सहभागी हुन पाउने छन् । त्यसैले उनी सोमबार खेलिने बेंगलुरुविरुद्धको खेलमा मैदानमा देखापर्ने छैनन् ।
सम्भवतः उनी अप्रिल १३ तारिखमा हुने दिल्ली क्यापिटल्सविरुद्धको खेलमार्फत आईपीएलमा सहभागी हुनेछन् । बुमराह भारतीय टोलीको तर्फबाट अस्ट्रेलियाविरुद्ध बोर्डर–गावस्कर ट्रफी खेल्ने क्रममा घाइते भएका थिए । बोर्डर–गावस्कर ट्रफीको पाँचौँ खेलमा पनि उनी अनुपस्थिति थिए ।
बुमराहको पिठ्यूँमा समस्या देखिएको थियो । भारतीइ क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पनि पूर्ण रुपमा स्वस्थ्य नभई बुमराहलाई आईपीएल खेल्ने अनुमति दिएको छैन ।
बुमराहको अनुपस्थितिमा मुम्बईले हालसम्म सत्यनारायण राजु, विग्नेश पुथुर र आश्वनी कुमारलाई आईपीएलमा ‘डेब्यू’ गराइसकेको छ । ट्रेन्ट बोल्ट र दीपक चाहरले मुम्बईको तीव्र गतिको बलिङको जिम्मेबारी समाल्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण