लन्डनको चर्चित ‘कार्डियोलोजिस्ट’ भन्दै धमाधम मुटुको अप्रेसन, सात जनाको मृत्यु
काठमाडौँ । लन्डनको चर्चित ‘कार्डियोलोजिस्ट’ भन्दै एक जनाले मुटुका बिरामीको धमाधम अप्रेसन गर्दा सात जनाको मृत्यु भएको छ ।
भारतको मध्य प्रदेश राज्यको दमोहस्थित एक अस्पतालमा यस्तो घटना भएको हो । यसबारे भारतको राष्ट्रिय मानव अधिकार अयोगमा समेत उजुरी परेको छ ।
दमोहकै दीपक तिवारी नाम गरेका एक जनाले यसबारे उजुरी गरेका हुन् । उनका अनुसार जनवरी र फेब्रुअरीमा गलत व्यक्तिले उपचार गरेका कारण ७ जनाको मृत्यु भएको छ ।
दीपक तिवारीका अनुसार अस्पतालका एक जनाले आफूलाई लन्डनको चर्चित कार्डियोलोजिस्ट डा. एनजोन केम नामबाट चिनाउने गरेको थियो । ती व्यक्तिले जनवरी र फेब्रुअरीमा १५ जनाको मुटुको शल्यक्रिया गरेको, तीमध्ये सात जनाको मृत्यु भएको उनको दाबी छ ।
दीपकले भनेका व्यक्तिको वास्तविक नाम एनजोन केम नभएर नरेन्द्र विक्रमादित्य यादव रहेको पुष्टि भएपछि यो घटना अहिले चर्चामा छ ।
नरेन्द्र विक्रमादित्य यादवले बेलायतका प्रख्यात हृदयरोग विशेषज्ञको नाम दुरुपयोग गरेको पाइएको छ । यसबारे स्थानीय प्रशासनले छानबिन गरिरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण