अभिनेत्री ज्याकलिनकी आमाको निधन
आइतबार, २४ चैत २०८१, १५ : ३०
मुम्बई । अभिनेत्री ज्याकलिन फर्नान्डिसकी आमा किम फर्नान्डिसको आइतबार बिहान निधन भएको छ । उनको अन्तिम संस्कार आजै सान्ताक्रुजमा गरिएको छ ।
उनी कयौँ दिनदेखि मुम्बईस्थित लीलावती अस्पतालमा भर्ना थिइन् । गत २४ मार्चमा किमलाई स्ट्रोक भएको थियो । उनलाई तत्कालै अस्पतालमा भर्ना गरिए पनि उनको अवस्था दिनानुदिन बिग्रिँदै गएको थियो ।
उनलाई सन् २०२२ मा पनि स्ट्रोक भएको थियो । त्यति बेला उनको बहराइनमा उपचार गरिएको थियो ।
किम मलेसियाका नागरिक थिइन् । उनले एयरहोस्टेजको रूपमा काम गरेकी थिइन् । उनको विवाह श्रीलंकाली व्यवसायी एलरोय फर्नान्डिजसँग भएको थियो । ज्याकलिनसँगै उनका ४ सन्ता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण