गाजामा इजरायली आक्रमण, २४ घण्टामा ४६ जनाको मृत्यु
आइतबार, २४ चैत २०८१, १५ : ५६
रफाह । इजरायलले गाजामा गरेको आक्रमणमा गएको २४ घण्टामा कम्तीमा पनि ४६ जनाको मृत्यु भएको छ । रातभरि मात्रै २४ जनाको मृत्यु भएको बताइएको छ । ड्रोन आक्रमणमा परेर एक पिता र पुत्री मारिएका थिए । दक्षिण पट्टीमा विस्थापितहरू बस्ने त्रिपालमा ड्रोन लाग्दा कम्तीमा ६ जना मारिएको बताइएको छ ।
आइतबार बिहानयता मात्रै ११ जना मारिएका छन् । मर्नेमा ९ जना खान युनिस क्षेत्रका भएको पुष्टि भएको छ । आक्रमणमा यहाँको एउटा आवासीय भवन र विस्थापितहरू बस्ने त्रिपाल ध्वस्त भएको थियो । उद्धारकर्मीहरूले भवनको भग्नावशेषमा पुरिएकाहरूलाई खोजिरहेका छन् । हालैका दिनमा इजरायलले गाजामाथि आक्रमण तीव्र पारेको छ । दिनहुँ जसो मानिसहरू मारिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण