जनमत र उन्मुक्ति एकताः रञ्जिताको पदीय हैसियतमा समस्या
कामठाडौ । डा. सीके राउत नेतत्वको जनमत र रेशमलाल चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबिच एकताको सबै जिम्मेवारी दुवै पार्टीका नेताहरूलाई दिइएको छ ।
दुई पार्टीबिचको एकता आगामी वैशाख १५ भित्र गर्ने सैद्धान्तिक सहमति भए पनि नेताहरूको मर्यादामा कुरा नमिलेपछि मिलाउने जिम्मेवारी जनमतका राउत र उन्मुक्तिका चौधरीलाई दिइएको हो ।
एकतापछि पार्टी अध्यक्ष रेशम चौधरी र दोस्रो मर्यादामा जनमतका राउत हुने गरी सहमति भएको उन्मुक्तिका पार्टीका रामलाल डगौराले जानकारी दिए ।
बर्दियामा आइतबार भएको दुईपक्षीय वार्ता कमिटीबिचको छलफलमा चौधरीलाई संरक्षक र राउतलाई कार्यकारी बनाउने सहमति जुटे पनि रञ्जितालाई कुन पद दिने भन्ने नटुंगिएको उनले बताए ।
‘रेशम संरक्षक र सीके कार्यकारी अध्यक्ष भन्नेमा सहमति जुटेको छ तर रञ्जितालाई सहअध्यक्ष राख्दा अपमान हुन्छ कि भन्ने भएको छ । कानुनी विषय पनि हेरेर दुवै अध्यक्षलाई निर्णय गर्न अधिकार दिएको छ’, डगौराले भने, ‘दुई अध्यक्ष राख्ने कि एक जना अध्यक्ष र अर्को सहअध्यक्ष भन्ने टुंगिएको छैन ।’
जनमतका अध्यक्ष राउत, नाउपाका संरक्षक चौधरीसहित कार्यदलका ६ जनाबिच छलफल भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण