सेतो मच्छिन्द्रनाथको रथ वसन्तपुरमा
काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरव अघि पुर्याइएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा दोस्रो दिन अर्थात् रामनवमीका दिन हनुमानढोका दरबार क्षेत्रमा पुर्याउने गरिन्छ ।
असनबाट आज रथ तानी मच्छिन्द्रबहाल इन्द्रचोक हुँदै वसन्तपुर दरबार क्षेत्रको कालभैरव अघि पुर्याइएको हो । हनुमानढोका दरबार क्षेत्रको कालभैरवअघि रथ पुगेसँगै पूजाआराधना एवं दर्शन गर्न भक्तजनको भीड लागेको छ ।
रथयात्राको तेस्रो दिन सोमबार हनुमानढोका दरबार क्षेत्रबाट रथ तानेर लगनसम्म लगिने सेतो मच्छिन्द्रनाथका पुजारी, समितिका संयोजक र काठमाडौँ महानगरपालिका–२५ का पूर्ववडाध्यक्षसमेत रहेका नीलकाजी शाक्यले जानकारी दिए । तेस्रो दिन चिकमुँगल, जैसीदेवल, ज्याबहाल हुँदै लगन लगिने मार्ग तय गरिएको छ ।
रथयात्राका लागि शनिबार दिउँसो ४ः ०० बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिएको थियो । बेलुकी त्यही रथमा राखी यात्रा सुरु गरिएको सेतो मच्छिन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ । अष्टमीका दिन शनिबार कुमारीलाई पनि तीनधारा पाठशाला परिसरमा लगेर रथयात्रा सुरु गरिएको थियो ।
सहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः मच्छिन्द्रबहालमा ल्याएर रथयात्रा अन्त्य गरिन्छ । रथ निर्माणका लागि काठलगायत व्यवस्थापन गुठी संस्थानले गर्ने परम्परा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण