भारत, पाकिस्तानसहित १४ देशको भिजामा साउदीले लगायो रोक
रियाद । साउदी अरेबियाले १४ देशका नागरिकहरूलाई अस्थायी रूपमा भिसा प्रतिबन्ध लगाएको छ । हजको सिजन सुरु हुनु अघि यी देशका नागरिकलाई उमराह, व्यापार र पारिवारिक भिसामा अस्थायी प्रतिबन्ध लगाइएको हो ।
यो अस्थायी भिसा प्रतिबन्धले यात्रा नियमहरू सहज बनाउन मद्दत गर्ने साउदी अरबको विदेश मन्त्रालयले बताएको छ । यसले हजको समयमा सुरक्षामा सुधार ल्याउने तर्क अधिकारीहरूको छ ।
अस्थायी भिसामा प्रतिबन्ध पाकिस्तान, भारत, बङ्गलादेश, इजिप्ट, इन्डोनेसिया, इराक, नाइजेरिया, जोर्डन, अल्जेरिया, सुडान, इथियोपिया, ट्युनिसिया र यमनमाथि लगाइएको छ । प्रतिबन्ध जुनको मध्यसम्म लागू हुने बताइएको छ ।
प्रतिबन्ध लगाउनुको पहिलो कारण अनधिकृत मानिसहरू हजमा सामेल हुन नसकुन् भनेर बताइएको छ । दोस्रो कारणचाहिँ अवैध रोजगारलाई देखाइएको छ । व्यापार र पारिवारिक भिसाबाट साउदीमा गएकाहरूले अनुमति विमान काम गरिरहेको र यसका कारण श्रम बजारमा समस्या बढेको अधिकारीहरूको भनाइ छ ।
साउदी अरेबियाको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘हजको समयमा यात्रा नियमहरू सुधार गर्न र तीर्थयात्रीहरूको सुरक्षा सुनिश्चित गर्न यो अस्थायी प्रतिबन्ध लगाइएको हो ।’
प्रतिबन्धको उल्लङ्घन गरेर साउदी अरबमा अवैध रूपमा बस्ने जो कोहीलाई पनि पाँच वर्षसम्म साउदी अरेबिया प्रवेश गर्न प्रतिबन्ध लगाउन सकिनेछ । । गत वर्ष साउदी अरेबियामा हजको समयमा हजारौँको मृत्यु भएको थियो । मृत्यु भएकाहरूमध्ये धेरैजसो अवैध हज यात्री थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण