बार निर्वाचन : ५० मत गन्दा श्रेष्ठको अग्रता
सोमबार, २५ चैत २०८१, १४ : ५१

काठमाडौँ । नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिका लागि शनिबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । बारको केन्द्रीय कार्यालय काठमाडौँस्थित विभिन्न तीन स्थानमा मतगणना भइरहेको छ ।
पहिलो ५० मत गणना हुँदा अध्यक्ष पदमा रमनकुमार श्रेष्ठले अग्रता लिएका छन् । श्रेष्ठले २५ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी प्राडा विजयप्रसाद मिश्रले २२ मत पाएका छन् ।
महासचिवमा केदार कोइरालाले २४ र यज्ञमणि न्यौपानेले १९ मत प्राप्त गरेका छन् । उक्त गणना भएको मत उच्च अदालतको हो । अहिले केन्द्रीय कार्यालयमा झापा, इलाम र विराटनगरको मतगणना भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज
-
सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीले गर्यो उद्दार