पेन्गुइन र सिल मात्रै बस्ने टापुमा लगाइएको ट्यारिफबारे यसो भन्छ अमेरिका
सोमबार, २५ चैत २०८१, १६ : ३७
वासिङटन डीसी । अमेरिकाले हालै विश्वभरका आफ्ना अधिकांश व्यापार साझेदारमाथि ट्यारिफ अर्थात् अतिरिक्त भन्सार महसुल लगाएको छ ।
यस क्रममा ट्रम्प प्रशासनले पेन्गुइन र सिल मात्रै बस्ने एउटा दूर्गम टापुमा समेत ट्यारिफ लगाएको थियो । अस्ट्रेलियाको नियन्त्रणमा रहेका हर्ड र म्याक्डोनल्ड्ज टापुमा ट्यारिफ छिद्र टाल्न र अन्य देशहरूलाई यी टापु भएर सामान अमेरिका पुर्याउनबाट रोक्न लगाइएको अमेरिकी वाणिज्य सचिव हवार्ड लुट्निकले बीबीसीलाई भने ।
अस्ट्रेलियाबाट चार हजार किलोमिटर पर रहेको निर्जन टापुहरूमा समेत अमेरिकाले ट्यारिफ लगाएको थाहा भएपछि गएको हप्ता अस्ट्रेलियाली अधिकारीहरूले यसमा प्रतिक्रिया जनाएका थिए । यो स्पष्ट रूपमा त्रुटि भएको र यो काम अमेरिकाले कति हतारमा गरेको रहेछ भन्ने देखाउने अस्ट्रेलियाका व्यापार मन्त्री डन फार्रेलले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण