नाटक ‘आतुरकाल’ जापानमा मञ्चन हुने
काठमाडौंँ । नाटक ‘आतुरकाल’ जापानमा मञ्चन हुने भएको छ। यही अप्रिल १२ र १३ मा इटाबासीस्थित सबटरेनियन नाटकघरमा र अप्रिल १४ मा टोकियोको नाकानो जिरो हलमा नाटक मञ्चन हुन लागेको हो ।
नाटकका लेखक तथा निर्देशक केदारनाथ पौडेल हुन् ।इन्द्रेणी थिएटर पोखराको प्रस्तुति रहेको नाटकमा नेपाली समाजको पीडा, विस्थापन, वर्ग संघर्ष तथा युद्धका त्रासदीपूर्ण क्षणहरूको मनोवैज्ञानिक चित्रण गरिएको छ ।
‘जीवनका विभिन्न मोडमा पात्रले भोगेका दुःख, विछोड, सपना, समाजको विभेद तथा निरन्तर आइरहने नियतिको खेललाई नाटकले प्रस्तुत गर्ने निर्देशक पौडेलले बताए ।
निर्देशक पौडेलका अनुसार नाटकको कथा एउटा वृद्ध पात्रको स्मृतिहरू वरिपरि घुमेको छ।
नाटकले ती वृद्धको बाल्यकालका सुखद क्षणदेखि पारिवारिक विछोड, सामाजिक विभेद, विस्थापन, संघर्ष र अन्ततः वृद्धावस्थाको एक्लोपनलाई उजागर गर्छ । जापानमा हुने यो नयाँ प्रदर्शनसँगै नेपाली नाटकले अन्तर्राष्ट्रिय मञ्चमा अझ गहिरो छाप छोड्ने निर्देशक पौडेलले बताए ।
नाटकमा नाट्यकर्मी किरण चापागाईंको एकल अभिनय रहेन छ। युरोप, अमेरिका, क्यानडा लगायतका मुलुकमा नाट्यकला अध्ययन गरेका चापागाईंले विभिन्न देशमा थिएटर कार्यशाला पनि गराएका छन्। उनले यसअघि ‘अश्वेत’, ‘भागवत टोलमा भोलाराम’, ‘राजेन्द्र लक्ष्मी’, ‘महासत्व’, माउजङ्ग बाबू साहेवको कोट, ‘अनुत्तर’ लगायत दर्जन जति नाटकमा अभिनय गरिसकेका छन्।
‘आतुरकाल’ यसअघि पोखरा थिएटरमा सन् २०२१ को फेब्रुअरी २२ देखि ३२ सम्म तथा रसियन हाउस, काठमाडौँमा २०२३ सेप्टेम्बर ७ देखि ९ सम्म मञ्चन भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण