जनमोर्चाले छोट्यायो आन्दोलनको कार्यक्रम
मङ्गलबार, २६ चैत २०८१, ०९ : २७

काठमाडौँ । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले सप्ताहब्यापी राजधानी केन्द्रित आन्दोलनको कार्यक्रम छोट्याएको छ ।
काठमाडौँमा बढ्दो प्रदूषणका कारण आन्दोलन छोट्याएर ५ दिन कायम गरिएको महासचिव मनोज भट्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनकाअनुसार आन्दोलनको तेस्रो दिन आज विभिन्न स्थानबाट आन्दोलनकारीहरू दिउसो १२ बजे ललितपुरको लगनखेलमा भेला भई त्यहाँबाट जुलुससहित दिउँसो २ बजे माइतीघरमण्डलामा सभामा परिणत हुने छ ।
उक्त सभालाई भट्टले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । गणतन्त्रको रक्षा र संघीयताको खारेजीका लागि जनमोर्चाले यसअघि चैत्र २४ देखि ३० गतेसम्म आन्दोलन घोषणा गरेको थियो । अब भने आन्दोलनका कार्यक्रम २८ गतेसम्म मात्रै हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन