जनमोर्चाले छोट्यायो आन्दोलनको कार्यक्रम
मङ्गलबार, २६ चैत २०८१, ०९ : २७
काठमाडौँ । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले सप्ताहब्यापी राजधानी केन्द्रित आन्दोलनको कार्यक्रम छोट्याएको छ ।
काठमाडौँमा बढ्दो प्रदूषणका कारण आन्दोलन छोट्याएर ५ दिन कायम गरिएको महासचिव मनोज भट्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनकाअनुसार आन्दोलनको तेस्रो दिन आज विभिन्न स्थानबाट आन्दोलनकारीहरू दिउसो १२ बजे ललितपुरको लगनखेलमा भेला भई त्यहाँबाट जुलुससहित दिउँसो २ बजे माइतीघरमण्डलामा सभामा परिणत हुने छ ।
उक्त सभालाई भट्टले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । गणतन्त्रको रक्षा र संघीयताको खारेजीका लागि जनमोर्चाले यसअघि चैत्र २४ देखि ३० गतेसम्म आन्दोलन घोषणा गरेको थियो । अब भने आन्दोलनका कार्यक्रम २८ गतेसम्म मात्रै हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण