ट्यारिफ मामिलामा ट्रम्पलाई घेर्दैछन् अर्बपतिहरू, निर्वाचनमा समर्थन गरेकाहरूले गर्न थाले विरोध

वासिङ्टन डिसी । विश्वभरका अर्बपति व्यापारीहरूले यतिबेला अमेरिकाका व्यापार साझेदारमाथि अतिरिक्त भन्सार महसुल लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको विरोध गर्न थालेका छन् ।
ट्रम्पको यस घोषणाका कारण विश्व शेयर बजारमा पहिरो गइरहेकै समयमा अर्बपति लगानीकर्ता बिल एक्म्यानले आइतबार नयाँ ट्यारिफ लगाउनु भनेको आर्थिक परमाणु युद्ध छेड्नु भएको चेतावनी ट्रम्पलाई दिएका थिए । रोचक कुरा के छ भने २०२४ को राष्ट्रपति निर्वाचनमा एक्म्यानले ट्रम्पलाई समर्थन गरेका थिए ।
बुधबार मात्रै ट्रम्पले विश्वका दर्जनौँ देशमाथि पारस्परिक ट्यारिफ लगाएका थिए । अमेरिकासँग व्यापार घाटा उच्च भएका देशहरूसँग व्यापार सन्तुलन गर्न भन्दै उनले भारी करको घोषणा गरेका थिए । माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टमा एक्म्यानले ट्यारिफ लागु भयो भने यसकै कारण व्यावसायिक लगानी बन्द हुने र उपभोक्ताहरूले खर्च गर्नै बन्द गर्ने भनेका थिए । बाँकी विश्वसँगको सम्बन्ध/प्रतिष्ठा पुनःस्थापित गर्न वर्षौँ अझ दशकौँ लाग्न सक्ने चिन्ता पनि उनले पोस्टमा व्यक्त गरेका थिए ।
यो पोस्टलाई १ करोड ६ लाख भन्दा धेरै पटक हेरिएको छ । ट्रम्पले बाटो नफेरेसम्म आफूहरू आफैँले लादेको आर्थिक आणविक जाडोतिर गइरहने भन्दै उनले हामी आफै झुक्न सुरु गर्नु पर्ने पेर्शिङ स्क्वायर क्यापिटल म्यानेजमेन्टका सीईओ समेत रहेका एक्म्यानले बताए ।
यस्तो युद्धको बिचमा सीईओ र सञ्चालक समितिका निर्देशकहरू ठुला आर्थिक प्रतिबद्धता गर्न सहज हुन्छन् र ? भन्दै उनले उल्टै प्रश्न गरेका छन् । ट्रम्पले विश्वभरका व्यवसायी र व्यापारीहरूको मनोबल खस्काइरहेकोमा उनले जोड दिएका थिए । ट्रम्पले विश्वभरबाट अमेरिकामा आउने सामानमा लगाएको १० प्रतिशतको न्यूनतम अतिरिक्त महसुल शनिबारदेखि लागू हुँदैछ ।
बुधबारददेखि चीन, भारत, ईयूलगायत अन्य दर्जनौँ देश र क्षेत्रमाथि उच्च पारस्परिक भन्सार महसुल लाग्दैछ । ट्रम्प ट्यारिफको आलोचना गर्नेमा जेपी मोर्गन चेजका सीईओ जेमी डिमन, डक्यूस्न फ्यामिली अफिसका संस्थापक स्ट्यान्ली ड्रकेनमिलर, फिशर इन्भेन्ष्टमेन्टका संस्थापक र कार्यकारी अध्यक्ष केन फिशर आदि पनि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेसबुकमा ‘अलबिदा’ लेख्ने डाक्टरले भेटे गृहमन्त्री
-
रवीन्द्र मिश्रको बयान न्यायाधीश तारादेवी महर्जनको इजलासमा
-
प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई उपेक्षा, कुन प्रदेशको बजेट कस्तो ?
-
तीन प्रदेशका १५ अस्पतालबाट मुटु रोगको निःशुल्क उपचार
-
बजेटको समयमा संसदीय समितिमा विधेयकमाथि छलफल नगरौँ: सांसद यादव
-
सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घट्यो