स्वस्थ हावा स्वस्थ शरीर
मङ्गलबार, २६ चैत २०८१, १२ : ०३
के भएको होला,
मेरो वरिपरिको हावा !
सफा पनि छैन,
स्वस्थ पनि छैन !
हामी बल्ल सोच्ने होला,
जीवन बर्बाद हुने बेला !
जंगलको डढेलोले हो कि
गाडीको धुवाले पो हो !
पानी नपरेर हो कि,
निर्माणको समय परेर पो हो !!
म ठान्छु यी सबै कुरा भएरै हो,
हामीमा जनचेतना नभएरै हो !
अब ढिला भइसक्यो,
मेरो र सबैको स्वास्थ्य जोखिममा परिसक्यो !
लौन अब सबै जना सचेत बनौँ,
हावा दूषित बनाउने कारकहरु जानौँ !
स्वस्थ हावा नै हो स्वस्थ शरीरको आधार ।
अनि पो ल्याउँछ खुसीको बहार !
आजदेखि हामी सबै स्वस्थ जीवन रोजौँ,
कत्ति पनि ढिलो होइन सफा हावा खोजौँ !
मिलिजुली काम गरौँ,
जनस्वास्थ्यको रक्षा गरौँ !!
...
सम्पदा स्कुल
कक्षा ५
सानेपा, ललितपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग
-
खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु
-
भारतको सहयोगमा कञ्चनपुरमा विद्यालय भवन शिलान्यास
-
प्रचण्डको विरोधाभाष : सत्ता गठन र विघटनको दौडमा पार्टीभित्रै चुलियो असन्तुष्टि
-
गेटा अस्पताललाई ३०० बेडको बनाएर तत्काल सञ्चालन गर्न पूर्व स्वास्थ्यमन्त्री पौडेलको सुझाव
-
होस्टललाई नियमन गर्दै स्थानीय प्रशासन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण