गेटा अस्पताललाई ३०० बेडको बनाएर तत्काल सञ्चालन गर्न पूर्व स्वास्थ्यमन्त्री पौडेलको सुझाव
सारांश
- पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गेटा अस्पताललाई तत्काल ३०० बेडको क्षमतामा सञ्चालन गर्न सुझाव दिएका छन् ।
- उनले सेती प्रादेशिक अस्पताललाई गेटामा गाभेर स्वास्थ्य मन्त्रालयकै जनशक्ति परिचालन गरे न्यून लागतमा अस्पताल सञ्चालन र पठनपाठन अघि बढाउन सकिने विकल्प अघि सारेका छन् ।
- पौडेलले विश्वविद्यालयको मेरुदण्ड मानिएको अस्पतालको क्षमता वृद्धि र सञ्चालनमा अवरोध पुर्याउने खेल भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुदूरपश्चिमको गेटामा अवस्थित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि गेटा अस्पताललाई तत्काल कम्तीमा ३०० बेडको क्षमतामा सञ्चालन गर्न सुझाव दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आइतबार आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले विश्वविद्यालयको औचित्य पुष्टि गर्न र एमबीबीएस पठनपाठन सुरु गर्न अस्पतालको स्तरोन्नति अनिवार्य सर्त रहेको बताएका हुन् ।
पौडेलले गेटा अस्पताल सञ्चालनका लागि एउटा व्यावहारिक विकल्प अघि सारेका छन् । प्रदेश सरकारले पूर्वस्वीकृति दिइसकेको सेती प्रादेशिक अस्पताललाई गेटामा गाभेर स्वास्थ्य मन्त्रालयकै जनशक्ति परिचालन गर्ने हो भने अत्यन्त न्यून लागतमा अस्पताल सञ्चालन र पठनपाठनको काम अघि बढ्न सक्ने पौडेलको भनाइ छ ।
आफू स्वास्थ्य मन्त्री रहँदा गेटा अस्पताल सञ्चालन र शैक्षिक कार्यक्रम सुरु गर्न आर्थिक वर्ष २०८२/०८३ को बजेटमै स्रोत सुनिश्चितता गरेको पौडेलले उल्लेख गरेका छन् ।
‘त्यतिबेला पनि केही पक्षबाट वस्तुस्थिति नबुझी विरोध भयो, तर अस्पतालको क्षमता अभिवृद्धि गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न हाम्रो पूर्ण तयारी थियो,’ पौडेलले फेसबुकमा लेखेका छन् ।
हाल चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले गेटा अस्पताल शीघ्र सञ्चालनको माग राखी सुरु गरेको सत्याग्रहलाई पौडेलले विश्वविद्यालयको सुदृढीकरणकै पक्षमा रहेको बताएका छन् । तर, विभिन्न बहानामा विश्वविद्यालयको मेरुदण्ड मानिएको अस्पतालको क्षमता वृद्धि र सञ्चालनमा अवरोध पुर्याउने खेल भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।
पूर्वमन्त्री पौडेलले गेटा अस्पताललाई तत्काल ३०० बेडमा स्तरोन्नति गरेर सञ्चालनमा ल्याउनु नै सबैभन्दा व्यावहारिक बाटो भएको स्पष्ट पारेका छन् । यसो नगरीकन न त विश्वविद्यालयको औचित्य पुष्टि हुने, न त एमबीबीएसको पठनपाठन नै सुरु हुन सक्ने उनको दाबी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा खोलामा डुबेर बालकको मृत्यु
-
भारतीय टोलीको प्रदर्शन समीक्षा गर्दै बीसीसीआई
-
शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार नियुक्ति विवादमा
-
दोस्रो विवाह गरेकी महिलाले पहिलो पतिसँग रात बिताएपछि...
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा २ लाख ५० हजारभन्दा बढी विस्थापित
-
बेलायती प्रधानमन्त्रीले भने : आवश्यक परे ट्रम्पको खुलेर विरोध गर्न तयार छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण