आन्दोलनरत शिक्षकहरूसँग वार्ता गर्न प्रधानमन्त्रीलाई तरुण दलको आग्रह
मङ्गलबार, २६ चैत २०८१, १३ : ५३
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल तरुण दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आन्दोलनरत शिक्षकहरूसँग वार्ता गर्न आग्रह गरेको छ ।
तरुण दलका अध्यक्ष विद्वान गुरुङले आज विज्ञप्ति जारी गर्दै लेखेका छन्, ‘नेपाल शिक्षक महासंघसंग भएका सहमति र सम्झौतालाई आधार मानी आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न वर्तमान सरकार प्रमुखकै तहबाट शीघ्र वार्ता एवं संवाद थाल्न नेपाल तरुण दल यसै विज्ञप्तिमार्फत नेपाल सरकारको ध्यानाकर्षण गर्दछ ।’
नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरू विगतमा भएका सम्झौता र सहमति कार्यान्वयनका लागि शीघ्र विद्यालय शिक्षा ऐन पारित गर्न माग राख्दै काठमाडौँमा आन्दोलन गरिरहेका छन् ।
शिक्षकहरूको आन्दोलनले पठनपाठन ठप्प भएको छ भने एसईईको उत्तर पुस्तिका परीक्षणको काम थाती रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण