आँबुखैरेनीमा पढ्ने सबै विद्यार्थीलाई निःशुल्क स्वास्थ्य सेवा, वार्षिक र भर्ना शुल्क पनि निःशुल्क
पोखरा । तनहुँको आँबुखैरेनी गाउँपालिकाका विद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थीलाई निःशुल्क स्वास्थ्य सेवा दिइने भएको छ । विद्यालय समय वा विद्यालय पोसाकमा रहेका विद्यार्थीको निःशुल्क उपचार गर्ने निर्णय भएको पालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।
‘संस्थागत तथा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी विद्यालय समयमा वा विद्यालय पोसाकमा रहँदा उपचार गर्नुपरेमा गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालबाट उपलब्ध हुने सम्पूर्ण सेवा निःशुल्क उपलब्ध गराउने निर्णय भएको छ,’ उनले भने ।
यस्तै, पालिकाभित्रका सबै विद्यालयमा वार्षिक शुल्क र भर्ना शुल्क लिन नपाउने गरी निर्णय गरिएको छ । गाउँ शिक्षा समितिको बैठकले पालिकाभरिका कुनैपनि संस्थागत तथा सामुदायिक विद्यालयमा वार्षिक शुल्क नलिन उर्दी जारी गरेको छ । नयाँ विद्यार्थी बाहेक अन्य विद्यार्थीलाई भर्ना शुल्क पनि लिन नपाउने गरी निर्णय गरिएको चुमानले जानकारी दिए ।
पालिकाले २ वर्षदेखि शैक्षिक सुधार अभियान सञ्चालन गरेको छ । विद्यार्थीलाई विद्यालय अपायक भए बस उपलब्ध गराउनेदेखि निःशुल्क रुपमा ट्रयाकसुट वितरण, शैक्षिक सामग्री र पुराना डेस्कबेञ्च हटाउने काम गरेको पालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण