अमेरिकाले लगाएको १०४ प्रतिशतको ट्यारिफबारे के भन्छ चीनको सरकारी मिडिया ?
बुधबार, २७ चैत २०८१, ११ : २९
बेइजिङ । अमेरिकाले चीनबाट आउने सामानमा १०४ प्रतिशत ट्यारिफ अर्थात् अतिरिक्त भन्सार महसुल लगाएपछि चीनको सरकारी मिडियाले आफ्नो प्रतिक्रिया दिएको छ। चीनको सरकारी टिभी च्यानल सीसीटीभीसँग जोडिएको सामाजिक सञ्जाल खाता ‘यु युआन तान तियान’ले महसुलसँग सम्बन्धित पोस्ट गरेको छ । पोस्ट चिनियाँ माइक्रोब्लगिङ प्लेटफर्म वेइबोमा आएको हो ।
‘हामी समस्या निम्त्याउँदैनौँ, तर हामी समस्याबाट डराउँदैनौ पनि । चिनियाँ जनतालाई दबाब र धम्की मन पर्दैन,’ विज्ञप्तिमा भनिएको छ । चीनले अन्त्यसम्म लड्ने कुरा पनि विज्ञप्तिमा दोहोर्याइएको छ भने वार्ताको बाटो अझै खुला रहेको पनि स्पष्ट पारिएको छ ।
‘चीन न कमजोर हुनेछ न त झुक्नेछ । अन्तर्राष्ट्रिय व्यापारका नियमहरूको दृढतापूर्वक रक्षा गर्नेछौँ भनेर हामी विश्वलाई देखाउनेछौँ’ विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण