अमेरिकाले लगाएको १०४ प्रतिशतको ट्यारिफबारे के भन्छ चीनको सरकारी मिडिया ?
बुधबार, २७ चैत २०८१, ११ : २९

बेइजिङ । अमेरिकाले चीनबाट आउने सामानमा १०४ प्रतिशत ट्यारिफ अर्थात् अतिरिक्त भन्सार महसुल लगाएपछि चीनको सरकारी मिडियाले आफ्नो प्रतिक्रिया दिएको छ। चीनको सरकारी टिभी च्यानल सीसीटीभीसँग जोडिएको सामाजिक सञ्जाल खाता ‘यु युआन तान तियान’ले महसुलसँग सम्बन्धित पोस्ट गरेको छ । पोस्ट चिनियाँ माइक्रोब्लगिङ प्लेटफर्म वेइबोमा आएको हो ।
‘हामी समस्या निम्त्याउँदैनौँ, तर हामी समस्याबाट डराउँदैनौ पनि । चिनियाँ जनतालाई दबाब र धम्की मन पर्दैन,’ विज्ञप्तिमा भनिएको छ । चीनले अन्त्यसम्म लड्ने कुरा पनि विज्ञप्तिमा दोहोर्याइएको छ भने वार्ताको बाटो अझै खुला रहेको पनि स्पष्ट पारिएको छ ।
‘चीन न कमजोर हुनेछ न त झुक्नेछ । अन्तर्राष्ट्रिय व्यापारका नियमहरूको दृढतापूर्वक रक्षा गर्नेछौँ भनेर हामी विश्वलाई देखाउनेछौँ’ विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्बाट निलम्बित भएका संसदीय दलका नेता किन ?
-
ट्रम्पले सर्वोच्च नेता खामेनेईलाई हत्या गर्ने इजरायलको योजना अस्वीकार गरेको खुलासा
-
ग्रिन्सबोरोको प्रस्तुतिसँगै नेपथ्यको अमेरिका यात्रा २०२५ पूरा
-
तीनवटा वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना
-
सोमबार कुन राशिका लागि शुभ ?
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर