आन्दोलनरत शिक्षकहरूको मागप्रति नेपाल बुद्धिजीवी सङ्गठनको ऐक्यबद्धता
काठमाडौँ । नेपाल बुद्धिजीवी सङ्गठनले नेपाल शिक्षक महासङ्घको नेतृत्वमा एक हप्तादेखि यता लगातार भइरहेको सडक प्रदर्शन र त्यसबाट उत्पन्न परिस्थितिप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल शिक्षक महासङ्घ र सरकार बिच यसअघि भएका विभिन्न सहमति, शिक्षण पेसाको मर्यादा र गरिमा, अहिलेसम्मको शान्तिपूर्ण र मर्यादित प्रदर्शन, लामो समय सडकमा रहँदा उत्पन्न हुने सम्भावित मनोविज्ञान तथा विद्यार्थी, अभिभावक एवम् समग्र शैक्षिक वातावरणमा पर्ने असर समेतलाई महसुस गरी शिक्षकहरूका मागमा ऐक्यबद्धता जनाउँदै सङ्गठनले गम्भीर र जिम्मेवार बन्न सरकारसँग अनुरोध समेत गरेको छ ।
आफ्नो आवश्यकतामा सरकारले अध्यादेशलाई सहज माध्यम बनाइरहेको सन्दर्भमा संसद्मा रहेको विद्यालय शिक्षा विधेयकलाई अकर्मण्य बनाउनुले सरकारको नियतप्रति प्रश्न उठेको र अहिलेको अवस्थालाई अरू जटिलतातर्फ जान नदिन सरकारको अविलम्ब पहलकदमी आवश्यक रहेको वरिष्ठ उपाध्यक्ष नीलकण्ठ तिवारीले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण