नयाँ दिल्लीको एक ‘बदनाम’ गल्ली, जहाँ दैनिक सरदर २० हजार थान कण्डम खपत हुन्छ
काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीमा एउटा गल्ली छ– जीबी रोड । यसलाई दिल्लीकै ‘बदनाम’ गल्लीका रूपमा कतिपयले लिन्छन् । नयाँ दिल्लीको रेलवे स्टेशन नजिकै अजमेरी गेटदेखि लिएर लाहोरी गेटबिचको इलाकालाई जीबी रोड भनिन्छ । यहाँ करिब २५ भवन छन्, जसमा एक सयभन्दा बढी देहव्यापार केन्द्र छन् ।
यो क्षेत्रलाई ‘रेडलाइट एरिया’ भनेर पनि चिनिन्छ । यहाँ एक हजारभन्दा बढी यौनकर्मीलाई देहव्यापारमा लगाइएको अनुमान छ । केही अघि सार्वजनिक एक रिपोर्ट अनुसार जीबीरोडमा प्रतिमहिना ६ लाख कण्डम प्रयोग हुने गरेको भारतीय सञ्चारमाध्यम ‘आजतक’ले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेको छ ।
जीबी रोडलाई यसअघि गारस्टिन बास्टिन रोडका नामले चिनिन्थ्यो । सन् १९६५ मा यसको नाम परिवर्तन गरेर स्वामी श्रद्धानन्द मार्ग राखिएको थियो । जीबी रोडमा देहव्यापारको इतिहास निकै पुरानो छ । मुगलकालतिर यहाँका विभिन्न क्षेत्रमा ‘रेडलाइट एरिया’ थिए । अङ्ग्रेजको पालामा ती सबैलाई एक ठाउँमा ल्याएर ‘रेडलाइट एरिया’ बनाइयो र उक्त ठाउँको नाम जीबी रोड राखियो ।
हालै जीबी रोडबाट भारतकै पश्चिम बंगालकी एक महिलालाई उद्धार गरिएको छ । ती महिलालाई जबर्जस्ती देहव्यापारमा लगाएको बताइन्छ । पीडित महिलाले नै आफन्तलाई यसबारे जानकारी दिएपछि राष्ट्रिय मानवअधिकार आयोग, प्रहरी सहितको टोलीले ती महिलालाई उद्धार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण