रियलविरुद्ध गोल गर्दै आफूलाई रोनाल्डो र नेमारको हाराहारीमा उभ्याए आर्सनलका राइसले
काठमाडौँ । युरोपियन च्याम्पियन्स लिग फुटबलको मंगलबार राति सम्पनन क्वार्टरफाइनलको पहिलो लेग खेलमा इङ्लिस क्लब आर्सनलले बलियो स्पेनिस प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई ३–० गोलले पराजित गर्यो । उक्त खेल आर्सनलको घरेलु मैदानमा खेलिएको थियो ।
आर्सनलले च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश सम्भावना बलियो बनाएको छ । क्वार्टरफाइनलको दोस्रो लेग खेल रियल म्याड्रिडको घरेलु मैदानमा खेलिने छ । आर्सनको महत्वपूर्ण जितमा डेक्लान राइस नायक बने ।
उक्त खेलपछि इङ्ल्यान्डका २६ वर्षीय मिडफिल्डर राइसले च्याम्पियन्स लिगको इतिहासमा एउटा महत्वपूर्ण उपलब्धि पनि हासिल गरेका हुन् । उनले च्याम्पियन्स लिगको एउटा कीर्तिमानमा आफूलाई क्रिस्टियानो रोनाल्डो र नेमारजस्ता प्रभावशाली खेलाडीको हाराहारीमा उभ्याएका छन् ।
राइसले दुबै गोल फ्रिकिकमार्फत गरेका थिए । उनी च्याम्पियन्स लिगको इतिहासमा एउटै खेलमा फ्रिकिकमार्फत दुई गोल गर्ने पाँचौँ खेलाडी बन्न पुगेका छन् । यसअघि, क्रिस्टियानो रोनाल्डो, नेमार, रिभाल्डो र हकिम जियचले मात्र यस्तो सफलता हात पार्न सकेका थिए ।
राइसले स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडविरुद्धको खेलमा यस्तो उपलब्धि हासिल गरेकाले पनि यो उनका लागि अझ गर्वको विषय बन्न पुगेको छ । राइसकै उत्कृष्ट प्रदर्शनका कारण आर्सनल १६ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भावना बढेको छ । आर्सनल यसअघि सन् २००९ मा च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण