आठ महिनामा राजश्व सङ्कलन ७ खर्ब २० अर्ब, पुँजीगत खर्च ८२ अर्ब ३४ करोड

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको आठ महिनामा राजश्व सङ्कलन ७ खर्ब २० अर्ब ३५ करोड पुगेको छ । बुधवार नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ महिनासम्मको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको आठ महिनामा राजश्व सङ्कलन ७ खर्ब २० अर्ब ३५ करोड पुगेको हो ।
समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ७२० अर्ब ३५ करोड पुगेको छ । यस अन्तर्गत कर राजस्व ६३८ अर्ब ८० करोड र गैर कर राजस्व ८१ अर्ब ५५ करोड परिचालन भएको जनाएको छ ।
आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा सरकारको कुल खर्च ८३९ अर्ब ३६ करोड रहेको छ । समीक्षा अवधिमा चालु खर्च ५८४ अर्ब १३ करोड, पुँजीगत खर्च ८२ अर्ब ३४ करोड र वित्तीय व्यवस्था खर्च १७२ अर्ब ८९ करोड रहेको छ ।
२०८१ फागुन मसान्तमा यस बैङ्कमा रहेका सरकारका विभिन्न खातामा ३९२ अर्ब ३६ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८१ असार मसान्तमा यस्तो मौज्दात ९३ अर्ब ९६ करोड रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन
-
कर्णाली प्रदेश : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसहित चार वायु थप सक्रिय : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना