आठ महिनामा राजश्व सङ्कलन ७ खर्ब २० अर्ब, पुँजीगत खर्च ८२ अर्ब ३४ करोड
काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको आठ महिनामा राजश्व सङ्कलन ७ खर्ब २० अर्ब ३५ करोड पुगेको छ । बुधवार नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ महिनासम्मको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको आठ महिनामा राजश्व सङ्कलन ७ खर्ब २० अर्ब ३५ करोड पुगेको हो ।
समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ७२० अर्ब ३५ करोड पुगेको छ । यस अन्तर्गत कर राजस्व ६३८ अर्ब ८० करोड र गैर कर राजस्व ८१ अर्ब ५५ करोड परिचालन भएको जनाएको छ ।
आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा सरकारको कुल खर्च ८३९ अर्ब ३६ करोड रहेको छ । समीक्षा अवधिमा चालु खर्च ५८४ अर्ब १३ करोड, पुँजीगत खर्च ८२ अर्ब ३४ करोड र वित्तीय व्यवस्था खर्च १७२ अर्ब ८९ करोड रहेको छ ।
२०८१ फागुन मसान्तमा यस बैङ्कमा रहेका सरकारका विभिन्न खातामा ३९२ अर्ब ३६ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८१ असार मसान्तमा यस्तो मौज्दात ९३ अर्ब ९६ करोड रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण