गण्डकीका १५ हिमाल आरोहणका लागि खुला
पोखरा । गण्डकी प्रदेश अन्तर्गतका १५ नयाँ हिमाल आरोहणका लागि खुला गरिएको छ । सरकारको निर्णयपछि मुस्ताङ र गोरखाका पिकहरू अब आरोहीले चढ्न पाउने छन् । खुला भएका नयाँ हिमालमा सबैभन्दा बढी मुस्ताङका छन् । मुस्ताङको लो घेकर दामोदर कुण्ड गाउँपालिका १ मा पर्ने ६ हजार ६२ मिटरको ज्याङलाटुन्पु पिक,६ हजार १८७ मिटर उचाइको केक्याप रि–१ र ६ हजार ११ मिटर उचाइको केक्याप रि–२ छन् ।
यस्तै, लोमन्थाङ गाउँपालिका ४ मा पर्ने ६ हजार ३६६ मिटरको छुआमा पिक, ६ हजार ३२५ मिटरको छुआमा २, ६ हजार २६८ मिटर उचाइको छुआमा पिक ३ तथा लोमन्थाङ ५ मा रहेको ६ हजार २२९ मिटर उचाइको चुङ्गेन चाङ्गमा, ६ हजार २९ मिटरको घ्युन हिमाल २, ६ हजार २७ मिटरको घ्युन हिमाल ३ पनि खुला भएको छ । सोही ठाउँको ६ हजार १८६ मिटर अग्लो मनसयल पूर्व र ६ हजार १६० मिटर अग्लो मुस्ताङ हिमाल पनि अब आरोहीका लागि खुलेको छ ।
लोमन्थाङ १ मा पर्ने दामोदर हिमाल शृङ्खलाको ५ हजार ८०७ मिटर अग्लो लुनाधार खाङ्ग, ५ हजार ८९७ मिटर अग्लो यारसाङ्ग खाङ्ग तथा गोरखाको गणेश हिमाल श्रृंखलामा पर्ने चुमनुब्री गाउँपालिका ३ र धार्चे १ को ६ हजार २५० मिटर उचाइको लुम्बो हिमाल पनि खुला भएको छ । डोल्पा र मुस्ताङको सीमानामा पर्ने धौलागिरी हिमाल शृङ्खलाको ६ हजार ३३८ मिटर अग्लो होङदे पश्चिमलाई समेत आरोहणका लागि सूचीकृत गरी राजपत्रमा प्रकाशन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण