नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन गर्न अदालतको आदेश

काठमाडौं । उच्च अदालतले नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तत्काल गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश द्वय श्यामकुमार भट्टराई र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले यथाशीघ्र निर्वाचन गराउन अन्तरिम आदेश जारी गरेको हो ।
२०८१ साल चैत ५ गतेका लागि तोकिएको निर्वाचन तोकिएको मितिमा सम्पन्न नभएको र निर्वाचन स्थगन गर्नुपर्ने स्पष्ट तथा वस्तुनिष्ठ कारण नखुलाईएको देखिएकोले सो निर्वाचन यथाशीघ्र सम्पन्न गराउन भनेर आदेश दिएको हो ।
अदालतले त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनसम्बन्धी निर्देशिका २०८१ को दफा १२ (८) को प्रावधान अनुसार १५ दिनभित्र नयाँ निर्वाचन मिति तोक्नुपर्ने व्यवस्था स्मरण गराउँदै निर्वाचन प्रकृया तत्काल अघि बढाउन भनेको छ ।
यस मुद्दामा निवेदक पक्षका तर्फबाट अधिवक्ता आश्विन कुमार प्याकुरेल, विकास कुमार गुप्ता, मोहम्मद माजिद र रुपेश खनालले बहस गरेका थिए भने विपक्षी नेपाल ल क्याम्पसतर्फबाट डा. रमेश पराजुली र किशोर सापकोटा तथा त्रिभुवन विश्वविद्यालयतर्फबाट वरिष्ठ अधिवक्ता नारायण प्रसाद खनालले बहस गरेका थिए ।
आदेशसँगै क्याम्पसमा रोकिएको स्ववियु निर्वाचन प्रकृया अघि बढ्ने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक
-
असार २२ गते त्रिभुवन विश्वविद्यालयले बाेलायाे सभा
-
त्रिभुवन विश्वविद्यालयले काज बिदामा कडाइ गर्ने
-
बस्नेतको नियुक्तिमा अदालतको रोक, बर्खास्त तामाङ पुनः पदमा फर्किने
-
रुटिन अफ नेपाल प्रालिका भिक्टर पौडेलविरुद्ध कारण देखाउ आदेश जारी
-
सेयर बजारमा सामान्य सुधार, कारोबार रकम १३ अर्ब नाघ्यो