आफ्नो मिम बनाएकोमा दुर्गा प्रसाईँको गुनासो
काठमाडौँ । तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि फरार रहेका दुर्गा प्रसाईँले पुनः एकपटक सामाजिक सञ्जालमार्फत आफ्नो कुराहरू व्यक्त गरेका छन् । बुधबार सामाजिक सञ्जालमा प्रसाईँले एउटा भिडियो पोस्ट गर्दै आफ्ना कुराहरू राखेका हुन् ।
उनले मिडियामा आफ्नो मिम र हसीमजाकको पात्र बनाएको मा दुःख व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘मलाई मिम बन्ने कुरा, जोकर बनाउने कुरा आए । दुर्गा प्रसाईँ, मुर्गा प्रसाईँ भन्ने खालका कुराहरू आए । ती देखेर मलाई अचम्म लाग्यो ।’
उनले हजार माइलको यात्रा पनि शून्यबाट सुरु हुने बताउँदै भिजन भनेको एउटा व्यक्तिबाट सुरु हुने जिकिर गरे । ‘एउटै व्यक्तिबाट विचार बन्ने हो । आज दुर्गा प्रसाईँ एक व्यक्ति मात्र होइन । घर घर दुर्गा, हर हर दुर्गा बनेको छ । दुर्गा भनेको विचार हो,’ उनले भनेका छन् ।
उनले आफू भागेको नभएर यो मुद्दामा जोगिएको मात्र बताएका छन् । ‘म जोगिए भने मात्र यो जनविद्रोह सफल हुन्छ,’ उनले भनेका छन्, ‘म रहिन भने यो जनविद्रोह दबाएर जान्छ । किनभने पेरुमा जब गोन्जालोलाई पक्रेर मारियो, त्यसपछि पेरुको जनविद्रोह सकियो । म पेरु गोन्जालो बन्न चाहन्न । नेपालीहरूको नेता बन्न चाहन्छु । नेपालीलाई बचाउन चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण