आफ्नो मिम बनाएकोमा दुर्गा प्रसाईँको गुनासो

काठमाडौँ । तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि फरार रहेका दुर्गा प्रसाईँले पुनः एकपटक सामाजिक सञ्जालमार्फत आफ्नो कुराहरू व्यक्त गरेका छन् । बुधबार सामाजिक सञ्जालमा प्रसाईँले एउटा भिडियो पोस्ट गर्दै आफ्ना कुराहरू राखेका हुन् ।
उनले मिडियामा आफ्नो मिम र हसीमजाकको पात्र बनाएको मा दुःख व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘मलाई मिम बन्ने कुरा, जोकर बनाउने कुरा आए । दुर्गा प्रसाईँ, मुर्गा प्रसाईँ भन्ने खालका कुराहरू आए । ती देखेर मलाई अचम्म लाग्यो ।’
उनले हजार माइलको यात्रा पनि शून्यबाट सुरु हुने बताउँदै भिजन भनेको एउटा व्यक्तिबाट सुरु हुने जिकिर गरे । ‘एउटै व्यक्तिबाट विचार बन्ने हो । आज दुर्गा प्रसाईँ एक व्यक्ति मात्र होइन । घर घर दुर्गा, हर हर दुर्गा बनेको छ । दुर्गा भनेको विचार हो,’ उनले भनेका छन् ।
उनले आफू भागेको नभएर यो मुद्दामा जोगिएको मात्र बताएका छन् । ‘म जोगिए भने मात्र यो जनविद्रोह सफल हुन्छ,’ उनले भनेका छन्, ‘म रहिन भने यो जनविद्रोह दबाएर जान्छ । किनभने पेरुमा जब गोन्जालोलाई पक्रेर मारियो, त्यसपछि पेरुको जनविद्रोह सकियो । म पेरु गोन्जालो बन्न चाहन्न । नेपालीहरूको नेता बन्न चाहन्छु । नेपालीलाई बचाउन चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला
-
१० बजे १० समाचार : रविमाथि प्रश्न उठेपछि छलफलमा रास्वपा, ‘अलविदा’ भन्दै सम्पर्कविहीन डाक्टर रिसोर्टमा भेटिए
-
मलामी गएका किशोरको डुबेर मृत्यु
-
मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीको स्पेन भ्रमण स्वीकृत, डा. खगेन्द्र सुवेदी सचिवमा बढुवा
-
क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव वैद्य अस्पतालबाट डिस्चार्ज
-
फिल्म र भिडियोमा सुर्तीजन्य पदार्थकाे प्रचार रोक्नुपर्नेमा जाेड