ज्यस्नु र शुभश्रीलाई स्वर्ण
काठमाडौँ । एभीएमका जयस्नु महर्जन र नेपाल प्रहरीकी शुभश्री श्रेष्ठले दोस्रो राष्ट्रिय खुला जुनियर तथा भेट्रान टेबल टेनिस प्रतियोगितामा बुधबार स्वर्ण जितेका छन् । जुनियर यु–१५ सिंगल्सको ब्वाइजमा जयस्नु र गल्र्समा शुभश्री पहिलो भएका हुन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा जयस्नुले एभीएमका प्रजिल भट्टराईलाई ३–२ ले पराजित गरे ।गल्र्सको उपाधि भिडन्तमा शुभश्रीले स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीकी प्राज्ना महर्जनलाई ३–० सोझो सेटमा हराइन् ।
मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगिताको भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा इखाछेंका निसान प्रधान पहिलो भए । उनले फाइनलमा खोल्चा पुखुका प्रकाश धाक्वालाई सीधा सेटमा ३–० ले पाखा लगाए ।
यु–१९ ब्वाइज सिंगल्समा होप्सका हिमाल विष्टले होप्सकै धीरज ओलीलाई ३–० तथा स्ट्यागका प्रवेश बस्नेतले होप्सका समीर खत्रीलाई ३-० ले पन्छ्याउँदै फाइनल भेट पक्का गरे । सोही स्पर्धाको गल्र्समा एभीएमकी इभाना थापाले स्ट्यागकी सुस्मिता खड्कालाई ३–१ तथा एभीएमकी वियंका राईले होप्सकी दिया देउलालाई ३–२ ले पराजित गरी फाइनलमा स्थान सुरक्षित गरे ।
प्रतियोगिताको अन्तिम दिन यो २ स्पर्धाको फाइनलसहित भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्सको फाइनल हुने प्रतियोगिता संयोजक धर्ममान बज्राचार्यले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
-
चुनावअघि विधेयक पारित गर्न नेतान्याहुको दौड
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
-
अन्नपूर्णका किसानलाई अनुदानमा कृषि औजार वितरण
-
पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु
-
पोर्चुगलको मुख्य प्रशिक्षकमा जेसुस नियुक्त, रोनाल्डोलाई टिममा निरन्तरता दिने संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण