बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध

बझाङ । सुदूरपश्चिममा बुधवार साँझदेखि वर्षा र हावाहुरीका कारण जनजीवन प्रभावित बनेको छ। बझाङ जिल्लाको वित्थडचिर गाउँपालिका–३ मा चट्याङ लागेर एक वृद्धाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार ७८ वर्षीया धौली बोहराको आज साँझ परेको चट्याङ लागेर मृत्यु भएको हो।
यस्तै केदारस्युँ गाउँपालिका–९ स्थित पौडी (ढोड्याखेत) बजार माथिबाट खसेको पहिरोले त्यहाँको मुख्य सडक अवरुद्ध भएको छ। पहिरोका कारण यातायात ठप्प भएको छ भने सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ। साथै लगातार परिरहेको वर्षाका कारण जिल्लाकै वित्थडचिर गाउँपालिकाको लिम क्षेत्रमा जयपृथ्वी राजमार्गमाथि रहेको शाखा सडक कटान हुँदा माटो सडकमा झरेर सडक चिप्लो बनेको छ।
यसले गर्दा उक्त मार्गमा पनि सवारी आवागमन प्रभावित भएको छ। सुदूरपश्चिममा बुधवार साँझ भीषण हावाहुरी र अविरल वर्षा भइरहेको छ । जसले गर्दा विभिन्न स्थानमा क्षति पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलोत्तमा नगरपालिका ‘सडक’ माग्नेमुक्त घोषणा
-
तीन वायुको प्रभाव: आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
-
नारायणको बार आज कुन राशिलाई कति फलदायी ?
-
भारतको आक्रमणबाट कश्मीरमा कति भयो मानवीय क्षति ?
-
बार्सिलोनालाई हराउँदै इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा
-
रातभर सुतेनन् मोदी, पूरै ध्यान पाकिस्तान लक्षित ‘अपरेशन सिन्दूर’मा