बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
बझाङ । सुदूरपश्चिममा बुधवार साँझदेखि वर्षा र हावाहुरीका कारण जनजीवन प्रभावित बनेको छ। बझाङ जिल्लाको वित्थडचिर गाउँपालिका–३ मा चट्याङ लागेर एक वृद्धाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार ७८ वर्षीया धौली बोहराको आज साँझ परेको चट्याङ लागेर मृत्यु भएको हो।
यस्तै केदारस्युँ गाउँपालिका–९ स्थित पौडी (ढोड्याखेत) बजार माथिबाट खसेको पहिरोले त्यहाँको मुख्य सडक अवरुद्ध भएको छ। पहिरोका कारण यातायात ठप्प भएको छ भने सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ। साथै लगातार परिरहेको वर्षाका कारण जिल्लाकै वित्थडचिर गाउँपालिकाको लिम क्षेत्रमा जयपृथ्वी राजमार्गमाथि रहेको शाखा सडक कटान हुँदा माटो सडकमा झरेर सडक चिप्लो बनेको छ।
यसले गर्दा उक्त मार्गमा पनि सवारी आवागमन प्रभावित भएको छ। सुदूरपश्चिममा बुधवार साँझ भीषण हावाहुरी र अविरल वर्षा भइरहेको छ । जसले गर्दा विभिन्न स्थानमा क्षति पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण