२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
काठमाडौं । नेपाल सरकारले म्यान्मार सरकारलाई करिब २७ टन बराबरको राहत सामग्री भूकम्प पीडितलाई सहयोगस्वरूप पठाएको छ । परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारी, पत्रकारलगायत १६ सदस्यीय टोली उक्त राहत सामग्री लिएर बुधबार त्यसतर्फ प्रस्थान गरेको छ ।
टोलीले राहत सामग्री म्यान्मार सरकारका प्रतिनिधिलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिणपूर्वी एसिया महाशाखा प्रमुख तापस अधिकारीले जानकारी दिए । निजी क्षेत्र र सरकारको तर्फबाट २७ टन सामग्री हस्तान्तरण गर्न लागिएको हो ।
म्यान्मारमा गत शुक्रबार सात दशमलव सात म्याग्निच्युडको भूकम्प गएको थियो । जसबाट तीन हजार बढीको मृत्यु भएको थियो । भूकम्पबाट क्षतिग्रस्त म्यान्मारलाई सरकारले आवश्यक परेका सामग्रीहरूको सूची माग गरेकामा प्राप्त सूचीअनुसार खाद्यान्न, औषधिलगायत आवश्यक राहत सामग्री उपलब्ध गराउन लागिएको महाशाखा प्रमुख अधिकारीले बताए ।
यसअघि, नेपाली सेनाको चिकित्सक टोली त्यहाँ गइसकेको छ । भूकम्पबाट क्षतिग्रस्त म्यान्मारलाई सरकारले आवश्यक परेका सामग्रीहरुको सूची माग गरेको थियो । म्यान्मारले उपलब्ध गराएको सूचीअनुसार खाद्यान्न, औषधिहरु, मेडिकल टोलीहरु रहेको र आवश्यक राहत सामग्री उपलब्ध गराउन लागिएको हो । यसअघि नेपाली सेनाको चिकित्सकको टोली भने म्यान्मारमा गइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण