सलमानको ‘सिकन्दर’ले पाउनै छाड्यो दर्शक
नयाँ दिल्ली । बलिउडका भाइजान सलमान खानको फिल्म सिकन्दरले दर्शक पाउनै छाडेको छ । इदको अवसर पारेर रिलिज भएको फिल्मले राम्रो कमाइ गर्न सकिरहेको छैन । सलमानको यो फिल्मले ओपनिङ डे देखि नै बक्स अफिसमा निराशाजनक प्रदर्शन गरिरहेको छ ।
पहिलो हप्ता यस फिल्मले मात्रै ९० करोड २५ लाख कमायो । दोस्रो हप्ताको कलेक्सन हेर्दा फिल्म बक्स अफिसलाई ‘बाईबाई’ भन्ने तयारीमा देखिन्छ ।
सिकन्दरले रिलिजको ११ औँ दिनमा बक्स अफिसमा १ करोड ३९ लाख भारु मात्रै कमाएको छ । योसँगै फिल्मको कुल कलेक्सन बल्लतल्ल १०७ करोड १४ लाख भारु पुगेको छ । फिल्मले पहिलो दिन २६ करोड रुपैयाँ कमाएको थियो । तर त्यसपछि यसको कलेक्सनमा निरन्तर ओरालो लागिरह्यो ।
लगातार सलमानको तेस्रो फिल्मलाई दर्शकले गरे ‘रिजेक्ट’
२०० करोडको बजेटमा बनेको यो फिल्मलाई एआर मुरुगादोसले निर्देशन गरेका हुन् । यस फिल्ममा रश्मिका मन्दाना, सत्यराजलगायत कलाकारको अभिनय रहेको छ ।
फिल्मले मंगलबार १ करोड ५० लाख रुपैयाँ कमाएको थियो । किसी का भाई किसी की जान र टाइगर ३ पछि सलमानको यो फिल्म पनि दर्शकले मन पराएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण