बजार
सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ?
बिहीबार, २८ चैत २०८१, १२ : ०४
काठमाडौँ । आज सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सूनको मूल्य ६ हजार रुपैयाँले बढेको हो ।
महासंघले जारी गरेको मूल्यसूची अनुसार सुनको प्रतितोला मूल्य १ लाख ८१ हजार १० रुपैयाँ पुगेको छ । बुधबार सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार ४०० रुपैयाँ पुगेको थियो । चैत महिनामा गत २१ गते सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको थियो । आज सूनको मूल्यले सो रेकर्ड नयाँ रेकर्ड बनाएको हो ।
यस्तै, बिहीबार चाँदी प्रतितोला १ हजार ९ सय रुपैयाँ पुगेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ८३५ रुपैयाँ रहेको थियो । सो दिन चाँदीको मूल्य प्रति तोला १ हजार ९९५ रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण