बाराक ओबामासँग सम्बन्ध विच्छेदको अफवाहमा के भन्छिन् मिसेल ?
वासिङ्टन डीसी । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी श्रीमती मिशेल ओबामाबिच सम्बन्ध विच्छेद हुन लागेको खबर आइरहेको छ । यसैबिच मिशेल ओबामाले यस अफवाहबारे प्रतिक्रिया जनाएकी छिन् ।
अभिनेत्री सोफिया बुशको पोडकास्टमा बोल्ने क्रममा मिशेलले विगतमा कयौँ हाई–प्रोफाइल कार्यक्रमहरूमा आफ्नो सम्बन्ध विच्छेदका कारण नभई आफैँलाई ध्यान दिनका लागि अनुपस्थित रहेको बताइन् ।
मिशेल ओबामाले भनिन्, ‘अब म आफ्नो क्यालेन्डर आफैँ नियन्त्रण गर्छु । म धेरै वर्ष पहिले नै आफूलाई यो स्वतन्त्रता दिन सक्थेँ, तर म त्यसो गर्न सक्दिनथेँ । मैले केटाकेटीहरूलाई बहाना बनाएँ र उनीहरूमाथि फोकस गरेँ ।’
बाराक ओबामा र मिशेल ओबामालाई एक आदर्श जोडी मानिन्छ । तर विगतमा कयौँ हाई प्रोफाइल कार्यक्रमहरूमा मिशेल अनुपस्थिति थिइन् । बाराक एक्लै देखिएका थिए । यसले उनीहरूको सम्बन्ध विच्छेदको हल्लामा आगोको घ्यूको काम गरिदियो । मिशेल ओबामा राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहण समारोहमा उपस्थित भइनन् । जनवरीमा पूर्व राष्ट्रपति जिमी कार्टरको अन्त्येष्टिमा पनि बाराक ओबामा एक्लै गएका थिए ।
‘मैले त्यो रोजे, जुन मेरो लागि सही थियो’
‘मैले त्यही रोजे जुन मेरो लागि सही थियो, न कि त्यो जुन मैले गर्नुपर्थ्याे वा अरू मानिसहरूले मबाट चाहन्थे’ मिशेलले भनिन् । महिलाको स्वतन्त्रताको मागलाई स्वीकार नगर्ने मानिसहरूको बानीबाट सम्बन्ध विच्छेदको अनुमान उत्पन्न भएको पनि उनले बताइन् ।
‘मलाई लाग्छ महिलाको रूपमा हामी यहीसँग सङ्घर्ष गरिरहेका छौँ । म आफैँलाई ध्यान दिने विकल्प पनि रोज्न सक्छु भनेर मानिसहरूले बुझेनन् अनि मैले सम्बन्ध विच्छेद गर्न लागेको अनुमान गरे’ उनले भनिन् ।
ओबामाले पनि हालै आफ्नो राष्ट्रपति कार्यकालमा आफ्नी श्रीमतीसँगको सम्बन्धमा ध्यान दिन नसकेको कुरा स्वीकार गरेका थिए । आफ्नो पुस्तक ‘मेमोइर बिकमिङ’ मा पनि ओबामाको राजनीतिक करियरको समयमा उनीहरूको सम्बन्ध चिडचिडे भएको ओबामा दम्पतीले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण