बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

फ्रान्सले जुनमा प्यालेष्टाइनलाई राज्यको मान्यता दिन सक्ने

बिहीबार, २८ चैत २०८१, १४ : ३७
बिहीबार, २८ चैत २०८१

पेरिस । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले प्यालेष्टाइनलाई मान्यता दिने कुरा गरेका छन् । प्यालेस्टाइनलाई मान्यता दिने योजना फ्रान्सले बनाइरहेको र जुनमा न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको सम्मेलनमा यसको घोषणा गर्न सकिने एक मिडिया च्यानलसँग कुरा गर्दै उनले भने ।

‘हामीले प्यालेस्टाइनलाई मान्यता दिने दिशामा अगाडि बढ्नु पर्छ र हामी आगामी महिनाहरूमा त्यसो गर्नेछौं ।’ अझ अगाडि उनले भनेका छन् । म्याक्रोँ हालै इजिप्टको भ्रमणमा गएका थिए ।

म्याक्रोँले भने, ‘हाम्रो लक्ष्य साउदी अरेबसँग संयुक्त राष्ट्र सम्मेलनको अध्यक्षता गर्नु हो, जहाँ हामी कयौं पक्षले सलाई मान्यता दिनेछौं ।’ 

उनले भने, ‘म यसकारण पनि यो गर्नेछु किनभने हामीलाई लाग्छ कि यो गर्नु सही हुनेछ । प्यालेस्टाइनलाई मान्यता दिएर फ्रान्सले इजरायलको अस्तित्वलाई अस्वीकार गर्न सक्दैन । फ्रान्स लामो समयदेखि इजरायल–प्यालेस्टाइन द्वन्द्वमा दुई–राज्य समाधानको समर्थक रहँदै आएको छ । यद्यपि, यदि फ्रान्सले प्यालेस्टाइनलाई मान्यता दियो भने, यो एक ठूलो नीतिगत परिवर्तन हुनेछ र इजरायल रिसाउने जोखिम पनि छ ।’ 

लगभग १५० देशहरूले प्यालेस्टाइनलाई मान्यता दिएको छ । यसमा आयरल्याण्ड, नर्वे, स्पेन आदि पनि छन् । इजरायलले २०२३ को अक्टोबर ७ मा गाजामा बमबारी गरेर हजारौं मानिसहरूलाई मारेपछि गत वर्षको जुनमा स्लोभेनियाले पनि प्यालेस्टाइनलाई मान्यता दिएको थियो । 

फ्रान्स युरोपेली संघको एक महत्त्वपूर्ण देश हो । उसले प्यालेस्टाइनलाई मान्यता दियो भने यसको ठूलो प्रभाव पर्नेछ । इजिप्टको भ्रमणको क्रममा म्याक्रोँले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रस्तावको पनि आलोचना गरे ।

ट्रम्पले गाजालाई मध्य पूर्वको रिभेरा बनाउने वाचा गरेका थिए । गाजा पट्टी कुनै घर जग्गा परियोजना नभएको भन्दै म्याक्रोँले व्यंग्य गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप