बुधबार रातिको चट्याङ र हावाहुरीले अछामका घरहरूमा क्षति
धनगढी । अछामका विभिन्न स्थानमा बुधबार राति करिब ८ बजेको समयमा परेको चट्याङ, हावाहुरी र वर्षाले जनजीवन प्रभावित पारेको छ । यस प्राकृतिक विपत्तिका कारण घरहरूमा क्षति तथा पशुचौपायामा पनि क्षति भएको छ ।
प्रहरीको प्राप्त विवरणअनुसार, साँफेबगर नगरपालिका–४ निवासी गोरख थापाको घरमा चट्याङ लागेर विद्युत् मिटर बक्स, इन्टरनेट राउटर र तारहरूमा क्षति पुगेको छ । त्यसैगरी, तुर्माखाँद गाउँपालिका–५ मा अवस्थित सरस्वती निम्न माध्यमिक विद्यालय, ढाङ्टाको ढुङ्गा–माटोले बनेको दुई कोठे भवनको टिनको छाना हावाहुरीले उडाएको छ । सोही वडामा रहेको श्री नवदुर्गा आधारभूत विद्यालय, जाम्पानीको दुई कोठे टिनको छानावाला भवन पनि हावाहुरीले क्षति पुर्याएको छ ।
यस्तै चौरपाटी गाउँपालिका–५, लुङ्ग्रामा शंकर भुलको दुई तले चार कोठे ढुङ्गा–माटोले बनेको स्लेटले छाएको घरको स्लेट हावाहुरीले झारेको छ भने मेल्लेख गाउँपालिका–१, भट्टेखोला निवासी पाउने विकको आठ कोठे टिनको छानावाला घरको छाना पनि हावाहुरीले उडाएको छ ।
रामारोशन गाउँपालिका–६, भाटाकाटियास्थित किर्किट्टे भन्ने स्थानमा चट्याङले पशुमा पनि क्षति पुर्याएको छ । सो ठाउँमा बसोबास गरिरहेका सर्प बहादुर साउद र लोक बहादुर साउदले पालेका भेडामध्ये लोक बहादुर साउदका ९० भेडामध्ये १२ वटा र सर्प बहादुर साउदका ८० भेडामध्ये १ वटा भेडा मरेको छ। साथै दुवैका ९ वटा भेडा अझै हराइरहेका छन् ।
हालसम्म मानवीय क्षति भने नभएको र थप अनुसन्धान कार्य जारी रहेको सम्बन्धित जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण