पछिल्लो २४ घण्टामा चट्याङबाट ५ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा चट्याङका कारण देशभर ५ जनाको मत्यु भएको छ । राष्ट्रिय विप्द जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न पाँच जिल्लामा ५ जनाले ज्यान गुमाएका हुन् ।
झापाको गौरादह नगरपालिका–५ स्थित बालुबथानमा ५४ वर्षीय पुरुषको मृत्यु भएको छ । पानीसँगै परेको चट्याङको झड्का लागेर उनको मृत्यु भएको हो ।
मोरङको कानेपोखरी गाउँपालिका–१ मा १२ वर्षीय बालकको मृत्यु भएको छ । धनुषाको नगराईन नगरपालिका–८ अकौरामा ६० वर्षीया महिलाको मृत्यु भएको छ । खेतमा गएको अवस्थामा चट्याङ लागेर उनको घटनास्थलमा नै मृत्यु भएको प्राधिकरणले जनाएको छ ।
डोटीको सायल गाउँपालिका–६ दल्लेखमा ३३ वर्षीया महिलाको मृत्यु भएको छ । सो स्थानमा ७ जना घाइते भएका छन् । बझाङको बित्थडचिर गाउँपालिका–३ मा ७८ वर्षीया महिलाको मृत्यु भएको छ । सो ठाउँमा २ जना बालिका घाइते भएका छन् ।
गएरातिबाट आएको वर्षाका कारण कालिकोटको रास्कोट नगरपालिका-६ मा लेदो सहितको पानीको कारण एउटा घरमा क्षति पुगेको छ । सल्यानको कपुरकोट गाउँपालिका–३ स्थित चोरखोला स्थित राप्ती राजमार्गमा पहिरोका कारण क्षति पुगेको छ । त्यस्तै कालिकोटको सुर्खेत–हुम्ला सडक अवरुद्ध भएको छ ।
विपद्मा परेर देशभर १६ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण