प्रतिनिधि सभा सदस्य पद रिक्त भएको जानकारी
बिहीबार, २८ चैत २०८१, २० : ०७
काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य दीपक बोहराको यही चैत्र १९ निधन भएपछि उक्त पद रिक्त रहेको जानकारी गराइएको छ । संघीय संसदले बिहीबार उक्त पद रिक्त रहेको जानकारी गराएको हो ।
‘वि.सं. २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट रुपन्देही जिल्ला क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दिपक बोहराको मिति २०८१ साल चैत १९ गते मंगलबार निधन भएकोले नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त हुन आएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१५ को उपनियम (२) बमोजिम यो सूचना प्रकाशित गरिएको छ,’ महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सुचनामा भनिएको छ ।
_iEO2TYlktx.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण